नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 729 · वि.सं. २०३०
नि.नं. 729 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं.७८ नं.–एकाको प्रमाणको कागज अर्कालाई देखाई सुनाई जो हुन आउँछ सो गर्नुपर्ने । यसमा विपक्षीले बाली नबुझाएको भन्ने निवेदिकाको मुख्य जिकिर भएको र रामवृक्षको प्रतिनिधि, निवेदिकाको प्रतिनिधिसमेत हुँदा निजलाई बाली बुझाई भरपाईसमेत लिएको भन्ने विपक्षीको मुख्य जिकिर भएकोमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (१) ले जग्गावाला वा निजको प्रतिनिधिलाई बाली बुझाउनुपर्ने कानूनी व्यवस्था भएकोमा विपक्षी सुखाडी महतोले जग्गावाला हसरजिया वा निजैको प्रतिनिधिलाई बाली बुझाएको देखिन आएन र अ.बं.७८ नं.ले वादी प्रतिवादीले दाखिल गरेका सक्कल कागजहरू अड्डामा दाखिल हुनासाथ वादीको कागज प्रतिवादीलाई र प्रतिवादीको कागज वादीलाई सुनाउन पर्नेमा वादीको वारेसले तारेख छोडेको हुनाले सुनाउने अवस्था नै उत्पन्न भएन भन्ने जिकिरको हकमा मिति ०२८।४ मा प्रतिउत्तरपत्र गरी वादीको प्रतिनिधिले प्रतिवादीलाई बाली बुझेको रसिद दिएको छ भन्ने देखिन आएपछि अ.बं.७७ नम्बर बमोजिम मुकरर भएका तारेखमा अ.बं.७८ नं. बमोजिम एकाको प्रमाणको कागज अर्कालाई देखाई सुनाई जे हुन आउँछ सो गर्नु पर्ने थियो तर सो कानूनले निर्दिष्ट बाटो नहिंडी ०२८।७।९ गतेसम्म दुवैलाई साधारण तारेख दिएको र ०२८।७।११ मा मात्र दुवैलाई पेशीको तारेख मुकरर गरेको देखिन्छ । पेशीको दिनमा वादीको वारेस अनुपस्थित भएपछि भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५३ मा उल्लिखित नेपाल विशेष अदालत ऐन, ०१३ को दफा ३ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम ७ दिनसम्म पर्खनुपर्ने तर सोही पेशीको दिन अनुपस्थित वादीलाई हराई मुद्दा किनारा गरेकोसमेत बाट कानूनको प्रत्यक्ष त्रुटिहरू प्रस्तुत निर्णयमा गरेको भएको देखिनाले उत्प्रेषणको आदेश जारी गरी यो निर्णय बदर गरी दिएको छ । एक प्रतिलिपि महान्यायाधीवक्ताको कार्यालयलाई पठाई फाइल रुल नियमबमोजिम बुझाइदिनू । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 729 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2029/11/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 729 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
