नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 746 · वि.सं. २०३०
नि.नं. 746 — हक कायम गरी जग्गा निखनाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(क) प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउन पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौटी दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएको । (ख) प्रतिउत्तर परेकै मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने । उपरोक्त लेनदेन व्यवहारको १५ नं.मा प्रतिउत्तर परी मुख मिलेकोमा सो प्रतिउत्तर परेको ३५ दिनभित्र थैली अड्डामा ल्याई धरौट राख्नुपर्ने प्रष्ट उल्लेख भएको प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउनु पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौट दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएकोमा यस्तो थैलीमा मुख मिलिराखेकै कलममा उक्त लेनदेन व्यवहारको १६ नं. बमोजिम प्रतिउत्तर परेको मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने र थैली धरौट राख्नु पर्ने दायित्व वादीकै हुनाले प्रतिउत्तर परेपछि वादी आफैंले थैली थाहा पाउने प्रयास गरी सो प्रतिउत्तर परेको ३५ दिनभित्रै थैली धरौट राख्न ल्याउनु पर्ने प्रष्ट हुन्छ यस्तै सिद्धान्त प्रतिपादित भई दे.फु.नं.२६२ वादी रत्नबहादुर सुनुवार विरूद्ध नरबहादुर पाण्डेको हकसफा मुद्दामा ०२२।१।२२।३ को फुल बेञ्चबाट र दे.फु.नं.७२ जयनारायण न्यौपाने विरूद्ध असलबहादुर तामाङ्गको थैली बुझाई पाउँ भन्ने मुद्दामा ०२५।३।१५।६ को फुल बेञ्चबाट निर्णय भइराखेको पनि छ । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 746 |
|---|---|
| मुद्दाको विषय | हक कायम गरी जग्गा निखनाई पाउँ |
| निर्णय वर्ष / मिति | 2030/02/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 746 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
