नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 743 · वि.सं. २०३०
नि.नं. 743 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गामा हकै नभएको बीचको मानिससँग मुद्दा गरी जग्गा छाडिदिने व्यहोरासँग मिलापत्र गरेको सम्म नाताले जग्गामा हक पुग्न नसक्ने भोग तिरोसमेतको अन्य सबूद चाहिने । अब रह्यो २००३।१२।२६।२ को मिलापत्रको कुरा उक्त मिलापत्र हुनु भन्दा अगावै परेको मुद्दाहरूमा माथिको प्रकरणमा उल्लेख भए बमोजिम नैनमानबाट तिरो बुझ्नु पर्ने ठहरी पूर्व ४ नं.गोश्वाराबाट २००१।७।२०।१ मा फैसला भएकोमा उक्त फैसलामै नैनमानको हक कायम भएको जग्गामा हकै नभएको बीचको मानिस भिमबहादुरसँग प्रतिवादी शमशेरबहादुरको स्वास्नी इन्द्रमायाले मुद्दा गरी जग्गा इन्द्रमायालाई छाडी दिने व्यहोरासँग उक्त २००३।१२।२६।२ मा मिलापत्र गरेकोसम्म नाताले जग्गामा प्रतिवादी शमशेरबहादुरको हक पुग्न सक्ने हुँदैन जग्गामा हक कायम गर्नालाई भोग तिरोसमेतको अन्य सबूद प्रमाण पनि चाहिन्छ त्यस्तो सबूद प्रमाण प्रतिवादी तर्फबाट कुनै आउँन नसकेको माथि नै उल्लेख भइसकेको छ सो मिलापत्र भन्दा पछि भिमबहादुर नैनमानको अर्को मुद्दा परेकोमा जग्गा नैनमानले खान पाउने गरी २००४।७।२० मा मिलापत्र भएको र नैनमानबाट राजीनामा लिने भनेको वादी धर्मप्रसाद र भिमबहादुरको जग्गा बाली मुद्दा परेकोमा सो जग्गा वादीले राजीनामा लिएको कायम भई अधिया बाली वादीले भरी पाउने ठहरी पूर्वाञ्चल उच्च अदालतबाट ०१६।१२।५।६ मा फैसला भएकोसमेत प्रमाणपत्रबाट उक्त ०३।१२।२६ को मिलापत्र अमान्य भइसकेको पनि छ । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 743 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2030/03/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 743 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
