नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 730 · वि.सं. २०३०
नि.नं. 730 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निजामति कर्मचारीको काम सन्तोषजनक नभए निजलाई नि.से.नियमावलीको नियम १० को उपनियम १ को खण्ड २ बमोजिम सजाय हुने नियम १० को उपनियम १ को खण्ड (५) बमोजिम सजाय गरी नोकरीबाट हटाएको निर्णय कानूनबमोजिमको नभई त्रुटिपूर्ण देखिने । निवेदकलाई २०२७।५।३ को श्री ५ को सरकारको निर्णयले नोकरीबाट हटाउँदा नि.से.नि., २०२१ को नियम १० को उपनियम १ को खण्ड (५) बमोजिम नोकरीबाट हटाएको भनी सूचनामा उल्लेख छ । श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयले दिएको स्पष्टीकरण सहितको लिखितजवाफमा डा.पिताम्बर झाको काम कारवाई श्री ५ को सरकारलाई सन्तोषजनक नलगेकोले निजामती सेवा ऐन, २०१३ को दफा ६ (१) (ख) अनुसार पर्चा खडा गरी श्री ५ महाराजाधिराज सरकारको अध्यक्षतामा गठित भएको मं.प.को २०२७।५।३ को निर्णयानुसार श्री ५ को सरकारले निजलाई नोकरीबाट हटाएको हो भनी लेखेको पाइन्छ । कुनै निजामती कर्मचारीको काम कार्यवाही सन्तोषजनक नभएको भन्ने अधिकार प्राप्त अधिकारीलाई लागेमा त्यस्ता कर्मचारीलाई के कस्तो सजाय गर्न सकिने हो नियमावलीमा व्यवस्था नभएको होइन । अब के कस्तो सजाय गर्न सकिने हो त्यसतर्फ हेर्दा निजामती सेवा नियमावली, २०२१ को नियम १० को उपनियम (४) मा कुनै कर्मचारीको काम सन्तोषजनक नभएमा निजको तलव बृद्धि अथवा प्रमोशन रोक्का गर्न सकिनेछ भन्ने उल्लेख छ । नियमावलीको नियम १० को उपनियम (१) मा उचित र पर्याप्त कारण भएमा निजामती कर्मचारीलाई सजाय गर्न सकिने भन्ने उल्लेख हुँदै बेग्ला–बेग्लै किसिमका कारण तथा अवस्थामा बेग्ला–बेग्लै सजायको व्यवस्था उल्लेख भएको पाइन्छ । त्यस नियम अन्तर्गत नियम १० को उपनियम (१) को खण्ड (२¬) मा तलव बृद्धि वा प्रमोशन रोक्का गर्न पाउने पनि सजायको रूपमा रहेको छ । यस्तो स्थितिमा निवेदकको काम सन्तोषजनक नभए निजलाई नियमावलीको नियम १० को उपनियम (१) को खण्ड २ बमोजिम सजाय हुनेमा नियम १० को उपनियम १ को खण्ड ५ बमोजिम सजाय गरी नोकरीबाट हटाएको निर्णय कानूनबमोजिमको नभई त्रुटि गरी गरेको स्पष्ट देखियो । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 730 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2029/11/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 730 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
