नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 745 · वि.सं. २०३०
नि.नं. 745 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रमाण दिनसमेत नसकी कुनै विवादै नउठाएकोमा अदालतले ठहर गर्न नमिल्ने । ०२५।८।२।१ को डिभिजन बेञ्चले निर्णय गर्दा रमेशचन्द्रलाई छुट्याएकै विगाहा २७७।। बाहेक अरू बाँकी जग्गामा अर्को बन्दोवस्त भएको देखिएकोसमेत भनी वादीसमेतले नभएको ०१५।१६।१० को चलानी पूर्जीको मान्यता नरहेको भन्ने मुख्य बुँदा उल्लेख गरेको हकमा प्रतिवादीहरूले आफ्नो प्रतिवादीमा वादीसमेतले पाएको दर्ता बहाली यो यस कारणबाट अमान्य भई सो दर्ता बहालीबाट पाएको जग्गामा वादीसमेतको हक टुटिसकेको छ भन्ने जिकिर लिन र त्यस कुराको प्रमाण दिनसमेत नसकी त्यसतर्फ कुनै विवादै नउठाएकोमा अदालतले वादीसमेतले पाएको दर्ता बहाली मान्य अमान्य कुन स्थितिमा छ भन्ने कुराको विवेचना गरी वादीसमेतले पाएको दर्ता बहाली अमान्य भएकै भनी ठहर गर्न नमिल्नेमा ठहर गरेको मिलेको देखिएन । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 745 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2030/02/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री जयदेव भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 745 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
