सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १५५ / ४४०

नि.नं. 7818वि.सं. २०६४संयुक्त इजलास

लागूऔषध ।

लागूऔषध

§ सोधपुछ गर्दा, बयान गर्दा गराउँदा वा कुनै आदेश दिई Suspect/accused बाट केही काम गराउँदा संविधानको धारा १४(३) को हक र ICCPR को धारा १४.३ (a) र (f) ले प्रदान गरेको सुविधा प्रदान गर्नुपर्छ । तर, नेपाल कानून मुलुकी ऐनको अ.वं. १७२ को कार्यविधि अपनाई खानतलासी गरी व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7817वि.सं. २०६४संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

§ नेपाल सन्धि ऐन, २०४७ को धारा ९ ले नेपालले अनुमोदन गरेका सन्धि सम्झौताको ब्यवस्था नेपाल कानून सरह लागू हुने ब्यवस्था गरेकाले नेपालले समेत स्वीकार गरिसकेका यी दस्ताबेजहरूले निर्धारण गरेको दायित्वबाट राज्यले उन्मुक्ती पाउन सक्ने अवस्था नरहने । (प्रकरण नं.८) § व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7816वि.सं. २०६४

उत्प्रेषण समेत

§ संठगनका कर्मचारीहरूलाई आचरण विपरीत गरेमा गरिने कारवाही भनेको Non Criminal र Disciplanary Action को कारवाही हो र राज्यको फौज्दारी कानुन तोडे वापत राज्यको तर्फबाट Public Prosecution भई अदालतबाट कानुन बमोजिम कैद वा जरिवाना दुवै सजांय हुने कारवाही भनेको अदालती क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7815वि.सं. २०६४संयुक्त इजलास

परमादेश

§ नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भै विभिन्न जातजाति, समुदाय एवं भिन्न भिन्न धर्म सम्प्रदायका व्यक्तिहरूको वसोवास रहेको राज्य भै यस्ता विविध समुदाय एवं धार्मिक सम्प्रदायहरू बीच परम्परादेखि विद्यमान छुवाछुत जस्ता सामाजिक कुरीति हटाउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7814वि.सं. २०६४संयुक्त इजलास

अंश चलन

§ समान अंशियार भए तापनि समान स्तरका अंशियार नभई बुबा वा लोग्नेको सम्पत्तीमा छोरा र श्रीमतीको हक पहिले लोग्ने वा बाबुको हक सिर्जना भएपछि मात्र सिर्जना हुने हुँदा बाबु वा लोग्नेले जुनसुकै व्यहोराबाट कमाएको सम्पत्तीमा र लगाएको ऋण समेतमा छोरा स्वास्नीको उत्तिकै हक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7813वि.सं. २०६४संयुक्त इजलास

उत्प्रेषण समेत

§ आ–आफ्ना नाममा कायम गराएका जग्गाहरू निवेदक स्वयंले अन्यत्र हक हस्तान्तरण गरिसकेको भन्ने लिखित जवाफबाट देखिएबाट उक्त निर्णयलाई आचरणबाट (By Conduct) स्वीकारै गरेको मान्नुपर्ने । § तेश्रो पक्षको हक सिर्जना भइसकेको अवस्थामा रिट निवेदनमा विपक्षी नरहेका निजहरूको उप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7812वि.सं. २०६४संयुक्त इजलास

जीउमास्ने बेच्ने

§ फौज्दारी कसूर घोषणा गर्ने सारवान कानूनी व्यवस्था अनुसार साविक देखि हालसम्म मानिसलाई बेच बिखन गर्ने कार्यलाई गंभिर अपराध मानी कठोर सजायको व्यवस्था समेत गरिरहेको अवस्थामा पछाडि निर्माण गरी लागु गरिएको कानूनले त्यस्तो कसूरकोे अनुसन्धान तहकिकात सम्बन्धी कार्यविध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7811वि.सं. २०६४संयुक्त इजलास

हकसफा

§ कानूनले निखन्ने हक प्राप्त गरेको मोहीलाई बिक्री व्यवहार थाहा दिनु पर्ने हक समेत सुनिश्चित गरेको अवस्थामा सो वेगर नै अन्य रीतबाट सुनाइएको भनेको सिमित कुराले थाहा पाएको कुराको अनिवार्य र पर्याप्त तत्वहरू सहितको जानकारी पाएको भन्न नमिल्ने। § थाहा पाएको भन्ने कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7810वि.सं. २०६४संयुक्त इजलास

जवरजस्ती करणी

§ जिल्ला अदालत र पुनरावेदन अदालत दुवैले जवरजस्तीकरणीको महलको १० नं. र अंश वण्डाको महलको फरक छुट्याउन सकेको देखिएन । जवरजस्ती करणीको महलको १० नं. को व्यवस्था अन्तर्गत प्राप्त हुने अंश अंशियारको हैसियतले नैसर्गिक अधिकार स्वरुप अंश वण्डाको महल बमोजिम सम्पत्ती पाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7809वि.सं. २०६४संयुक्त इजलास

खुन डाँका

§ फौज्दारी मुद्दामा शंकारहित सवुद प्रमाणको महत्त्वपूर्ण भूमिका हुन्छ । बिना सवूद सजाय गर्न मिल्दैन । प्रमाण कानूनमा Eye Witness अर्थात चश्मदीत गवाहको महत्त्वपूर्ण भूमिका हुन्छ । चश्मदीद गवाहहरूले घटना देखेको भन्ने भनाईलाई अभियोग लागेको अभियुक्तले अदालत समक्ष ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7808वि.सं. २०६४संयुक्त इजलास

मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर  ।

मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर

§ देवानी मुद्दामा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा नालिस गर्न पाउने हकदैयाको आधारयुक्त अधिकार हो । कुनै कुरामा हक पुग्छ पुग्दैन भन्ने कुराको निर्धारण विवादित कार्यबाट कुनै पनि व्यक्तिलाई के कति असर परेको छ भनी निर्धारण हुने कुरा हो । प्रस्तुत मुद्दामा व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7807वि.सं. २०६४संयुक्त इजलास

कुटपिट, लुटपिट

§ अनेक दावी गरिएकोमा सो मध्येका एक वा केही दावी अनुसार कसूर वा कसूरदार नठहरेमा त्यसैको कारणले अरु दावी पनि नपुग्ने वा नठहर्ने हुन सक्दैन । प्रत्येक दावी वा कसूर प्रमाणबाट प्रमाणित हुनु पर्ने हुनाले कुटपिट तर्फको दावी प्रमाणित भई रहेको अवस्थामा लुटपिट तर्फ वादी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7806वि.सं. २०६४संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ प्रहरी समक्ष गरिएको पूर्ण वा आंशिक साविती बयान कागज स्वतन्त्र प्रमाण वा स्थापित तथ्यबाट समर्थित नभएसम्म त्यसलाई अदालतले विवादरहीत प्रमाणको रुपमा ग्रहण नगर्ने । (प्रकरण नं.४६) § शंकास्पद प्रमाण वा तथ्यगत विश्लेषणबाट गरिएको अनुमानको भरमा मात्र कसैलाई कुनै फौजद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7805वि.सं. २०६४संयुक्त इजलास

उपयुक्त आदेश जारी गरी पाउँ

§ सम्झौताको “दफा ८ मा आषाढ मसान्त भित्र किस्ता नबुझाएमा ठेक्का वदर हुन जानेछ” भन्ने उल्लेख भई दफा १०(ख) मा “दोश्रो अग्रिम किस्ता २०५९/६० आषाढ ३० गते सम्म बुझाउनु पर्ने छ” भन्ने स्पष्ट उल्लेख भएको शर्तको पुनरावेदक स्वयंले परिपालना गर्न नसकी मिति २०६०।५।११ मा मा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7804वि.सं. २०६४संयुक्त इजलास

रकम दिलाई पाउँ ।

§ वादी प्रतिवादीहरूको बीचमा भएको सम्झौता पत्र केवल सम्झौतापत्र मात्र हो, करार हो भन्नलाई करारमा हुनुपर्ने मुख्य ३ कुराहरू मध्येः करारीय दायित्व को कसले कसरी व्यहोर्ने, सम्झौताको परिपालन नभएमा कुन कानूनको प्रयोग हुने, सम्झौताबाट पक्षहरूको बीचमा दायित्व र अधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7803वि.सं. २०६४विशेष इजलास

नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१),(२) बमोजिम उत्प्रेषण परमादेश समेत जारी गरिपाउँ

§ सन्धि र राष्ट्रिय कानून बाझिएको नबाझिएको भन्ने प्रश्नको निरुपण संविधानको धारा ८८(१) अन्तर्गत हुन सक्ने अवस्था नदेखिने । § निवेदकले आर्थिक अध्यादेशको व्यवस्था अमान्य र वदर घोषित गरिपाउन माग गरेको तर उक्त सन्धि र सो अन्तर्गतको प्रोटोकलको व्यवस्था राष्ट्रिय कान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7802वि.सं. २०६४पूर्ण इजलास

उत्प्रेषण प्रतिषेध र परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

§ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सजाय नै किटान गरी लेखी पठाएको र अख्तियारवालाले समेत आयोगबाट लेखी आए बमोजिम नै कारवाही अघि बढेको स्पष्ट रुपमा देखिएको अवस्थामा अख्तियारवालाले विभागीय कारवाही गरी नसकेको भन्ने आधारमा प्रस्तुत रिट निवेदनलाई Premature भन्न नमिल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7801वि.सं. २०६३संयुक्त इजलास

अदालतको अपहेलना ।

अदालतको अपहेलना

§ अवहेलना सम्बन्धी मुद्दा अदालतले आफ्नो स्वतन्त्रता न्यायिक गरिमा र अदालत प्रतिको जनआस्था जोगाउने प्रयोजनको लागि अदालत आफैँ वादी भई चलाउने मुद्दा हो । जसको निवेदनबाट कारवाही प्रारम्भ भए पनि यसमा वादी पक्ष अदालतनै हुन्छ । निवेदकको दाइत्व अदालतको अवज्ञा वा असम्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7800वि.सं. २०६३संयुक्त इजलास

गुठी कायम

§ गुठी संस्थानका प्रशासकवाट मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको आधिकारिक निर्णय होईन भनी थप अन्यौल सिर्जना गरी गुठी संस्थान समेतको तर्फबाट यस अदालतमा पुनरावेदन जिकिर लिएकोमा स्वयं निर्णय गर्ने गुठी संस्थानका तत्कालिन प्रशासकले गुठी संस्थान ऐन, २०३३ को दफा ३…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7799वि.सं. २०६३संयुक्त इजलास

नामसारी हक कायम ।

नामसारी हक कायम

§ अपुतालीको क्षेत्रमा मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा नभएमा छोरीले अपुताली पाउने गरी अपुतालीमा एकाउदरलाई प्राथमिकता दिई अपुतालीको १० र १२ नं.को व्याख्यामा छोरा भनेको ठाउँमा सौतेनी छोरा पनि हुने भनी व्याख्या गर्न नमिल्ने कुरालाई पुष्ट्याई दिइएको पाइन्छ । यसर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7798वि.सं. २०६३संयुक्त इजलास

घर उठाई जग्गा खिचोला चलन ।

घर उठाई जग्गा खिचोला चलन

§ मालपोत ऐन, २०३४ को दफा २ को खण्ड (ख३) मा कुनै व्यक्तिले मात्र नभै सार्वजनिक रुपमा प्रयोग गर्न पाउने परापूर्व देखि प्रचलनमा रहेको वाटो समेतलाई सार्वजनिक जग्गामा समाहित गरेको परिप्रेक्ष्यमा विवादित न.नं. २ को जग्गा सबैले प्रयोग गर्ने राजमार्गको जग्गा रहेकोले त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7797वि.सं. २०६३संयुक्त इजलास

कर्तव्यज्यान

§ प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को हुन जाने देखिँदा अ.वं. १८८ नं. बमोजिम शुरुले ३ वर्ष कैदको सजायँ गर्ने व्यक्त राय मनासिव ठहर्याई पुनरावेदन अदालतबाट समेत सोही रायलाई समर्थन गरेको देखियो । यि प्रतिवादी कन्यामायाक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7796वि.सं. २०६३

उत्प्रेषण समेत

§ नागरिक अधिकार ऐन, २०१२ को दफा ९(६) को सम्पत्ति आर्जन गर्ने हक अधिकारमा आघात पुर्याएको भनी न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) अन्तर्गत परमादेशको आदेश माग गरी निवेदन दिएकोमा न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) अन्तर्गत परमादेशको आदेशवाट उपचार माग गरिएको निवेदन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7795वि.सं. २०६३संयुक्त इजलास

लेनदेन

§ प्रतिवादीले पहिलो बाहेक अरू छाप आफ्नो भएको कुरा प्रमाणित नभएको हुँदा कागज जाँचको महलको ८ नं. समेतको रित पुगेको छैन भन्ने जिकिर लिएपनि विवादित लिखितमा लागेका अन्य छापहरु स्पष्ट नभएको सम्म देखिन्छ, यसबाट प्रतिवादीको छाप नै लागेको छैन भन्ने पुष्टी हुन नसक्ने ।…

नजिर सार पढ्नुहोस् →