नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7808 · वि.सं. २०६४

नि.नं. 7808 — मिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ देवानी मुद्दामा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा नालिस गर्न पाउने हकदैयाको आधारयुक्त अधिकार हो । कुनै कुरामा हक पुग्छ पुग्दैन भन्ने कुराको निर्धारण विवादित कार्यबाट कुनै पनि व्यक्तिलाई के कति असर परेको छ भनी निर्धारण हुने कुरा हो । प्रस्तुत मुद्दामा वादीले रोक्का गराएको कित्ता जग्गा प्रतिवादीहरूले मिलापत्र दाखिल खारेज हक हस्तान्तरण समेत गरेको अवस्थाबाट वादीको लेनदेन मुद्दाबाट सावा व्याज फिर्ता पाउने अधिकारमा प्रत्यक्ष्य असर पर्न गएको देखिएकोमा सो उपर दावीगर्ने हकदैया नहुने भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. १४) § कानून बमोजिमको रोक्का फुकुवा गर्ने तर्फ मौकैमा आवश्यक कारवाही नबढाई घुमाउरो तरिकाले उक्त रोक्कालाई निष्क्रिय र निष्प्रभावी वनाउने उद्देश्यले मिलापत्र दाखिल खारेज र हक हस्तान्तरण समेत गर्ने गरेको कार्य कानून सम्मत नदेखिने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7808
मुद्दाको विषयमिलापत्र वदर दा.खा. दर्ता वदर लिखत दर्ता वदर  ।
निर्णय वर्ष / मिति2063/07/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7808
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्