नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7811 · वि.सं. २०६४

नि.नं. 7811 — हकसफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानूनले निखन्ने हक प्राप्त गरेको मोहीलाई बिक्री व्यवहार थाहा दिनु पर्ने हक समेत सुनिश्चित गरेको अवस्थामा सो वेगर नै अन्य रीतबाट सुनाइएको भनेको सिमित कुराले थाहा पाएको कुराको अनिवार्य र पर्याप्त तत्वहरू सहितको जानकारी पाएको भन्न नमिल्ने। § थाहा पाएको भन्ने कुराले आधारभूत र वास्तविक तथ्य (Actual Fact) हरू पूर्णरुपले उजागर भएको स्थिती विद्यमान हुनु पर्दछ । सो अवस्थाको विद्यमानताको अभावमा कुनै कारवाही गर्नलाई पर्याप्त नहुने सुनेको वा सिमित तथ्यको आधारमा हदम्यादको गणना गरी हदम्याद नाघेको भन्न नमिल्ने । § मिति २०५१।१०।२६ मा जग्गा बिक्रि भएको कुरा मिति २०५२।४।१५ मा बादीले नक्कल लिई थाहा पाई नक्कल लिएको ३५ दिन भित्र परेको प्रस्तुत मुद्दाको फिरादलाई लेनदेन ब्यबहारको ११ नं. को हदम्याद नाघी परेको भन्न नमिल्ने । (प्रकरण नं. २०) § मोही नामसारीको प्रश्न र हक निखनाई पाउँ भन्ने प्रश्न अलग अलग प्रश्न भएकोले कानून बमोजिम हक निखनाई लिन मोही नामसारी भएकै हुनुपर्छ भन्न मिल्दैन । मोही नामसारीको दावी नभएको र मोहीको मृत्युपछि निजका हकदारले जहिले सुकै मोहीयानी हक नामसारी गराई लिन पाउने हुँदा मोही नामसारीको प्रक्रिया पुरा नहुँदैमा हक निखन्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7811
मुद्दाको विषयहकसफा
निर्णय वर्ष / मिति2063/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7811
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्