नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7804 · वि.सं. २०६४

नि.नं. 7804 — रकम दिलाई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी प्रतिवादीहरूको बीचमा भएको सम्झौता पत्र केवल सम्झौतापत्र मात्र हो, करार हो भन्नलाई करारमा हुनुपर्ने मुख्य ३ कुराहरू मध्येः करारीय दायित्व को कसले कसरी व्यहोर्ने, सम्झौताको परिपालन नभएमा कुन कानूनको प्रयोग हुने, सम्झौताबाट पक्षहरूको बीचमा दायित्व र अधिकार श्रृजना भएको छ वा छैन भन्ने जस्ता विषयहरू सम्झौतामा हेरिनु पर्दछ। यी पक्ष विपक्षीको बीचमा भएको सम्झौतामा दुवै पक्षको बीचमा कारोवार भई दायित्व र अधिकार श्रृजना भएको तर कानूनको परिपालना सम्बन्धमा केही उल्लेख नभएबाट प्रस्तुत सम्झौतालाई करार भन्न नमिल्ने । (प्रकरण नं. १९) § वादी प्रतिवादीहरूको बीचमा सम्झौता भई व्यापारिक कारोवार समेत भै सकेको अवस्थामा यदि सम्झौतामा कुनै विशेष कानून उल्लेख भई सोही कानून अनुसार उपचार प्रदान हुनेछ भन्ने व्यवस्था उल्लेख भएदेखि बाहेक लेनदेन व्यवहार सम्बन्धमा सामान्य कानून अन्तर्गत रहेको मुलुकी ऐनको लेनदेन व्यवहारको महलनै आकर्षित हुने । (प्रकरण नं. २०) § प्रतिवादी मध्येको विजय व्यापार केन्द्रका प्रोप्राइटर विजय चन्द्र लाभ उक्त संस्थाको संस्थापक भई संस्थाको प्रमुख उत्तरदायी व्यक्ति भएको, प्रतिवादी अनिल कुमार कर्ण विजय व्यापार केन्द्रको कर्मचारी भै व्यापार केन्द्रको प्रतिनिधिको रुपमा गरेको व्यापरिक कार्यबाट निजलाई नीजि रुपमा उत्तरदायी बनाउन नमिल्ने भएकोले प्रतिवादी अनिल कुमारले व्यक्तिगत हैसियतबाट कुनै काम नगरेको अवस्थामा व्यापार केन्द्रको नाममा रहेको उधारो रकम निजबाट समेत भराउने गरेको हदसम्मको शुरु जिल्ला अदालतको फैसला मिलेको नदेखिने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7804
मुद्दाको विषयरकम दिलाई पाउँ ।
निर्णय वर्ष / मिति2063/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7804
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्