नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7805 · वि.सं. २०६४

नि.नं. 7805 — उपयुक्त आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सम्झौताको “दफा ८ मा आषाढ मसान्त भित्र किस्ता नबुझाएमा ठेक्का वदर हुन जानेछ” भन्ने उल्लेख भई दफा १०(ख) मा “दोश्रो अग्रिम किस्ता २०५९/६० आषाढ ३० गते सम्म बुझाउनु पर्ने छ” भन्ने स्पष्ट उल्लेख भएको शर्तको पुनरावेदक स्वयंले परिपालना गर्न नसकी मिति २०६०।५।११ मा मात्र सो रकम दाखिला गरेको देखिएको अवस्थामा प्रत्यर्थी गा.वि.स.लाई करार ऐन, २०५६ को दफा ८७ (२) बमोजिम करारको विशिष्ठ परिपालना (Specific Performance) जारी गराई माग्न पाउने अधिकार पुनरावेदक उजुरवालामा निहित रहेको भनी मान्न नसकिने । (प्रकरण नं. १२) § करार ऐन, २०५६ को दफा ८७(२) बमोजिम जारी गरिने विशिष्ठ सम्पादनको आदेश करार वा सम्झौता बहाल रहे सम्मको लागि मात्र हो । प्रस्तुत विवादमा पुनरावेदक र प्रत्यर्थीबीच मिति २०५९।३।३१ मा भएको सम्झौता प्रत्यर्थी गाउँ परीक्षदको मिति २०६१।२।२९ को बैठकबाट बदर भई मिति २०६१।३।२१ मा पुनः अर्को ठेक्का लागि सकेको भन्ने देखिएको अवस्थामा पुनरावेदकको समाप्त भई सकेको सम्झौताबाट माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7805
मुद्दाको विषयउपयुक्त आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2063/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7805
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्