नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7800 · वि.सं. २०६३
नि.नं. 7800 — गुठी कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ गुठी संस्थानका प्रशासकवाट मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको आधिकारिक निर्णय होईन भनी थप अन्यौल सिर्जना गरी गुठी संस्थान समेतको तर्फबाट यस अदालतमा पुनरावेदन जिकिर लिएकोमा स्वयं निर्णय गर्ने गुठी संस्थानका तत्कालिन प्रशासकले गुठी संस्थान ऐन, २०३३ को दफा ३९ बमोजिम विवादित जग्गाका सम्बन्धमा निर्णय गरेको थिए भनि मिति २०५८।४।१५ मा गुठी संस्थानलाई लेखेको मिसिल संलग्न पत्रवाट देखिदा संस्थानका प्रशासकले गरेको मिति २०५५।३।३ को निर्णय गुठी संस्थानको निर्णय होईन भनि भन्न नमिल्ने। § साविक देखि नै मोहीमा कमाएको जग्गामा भएको दर्तावाल मोहीको हकमा असर पर्ने गरी गुठी संस्थानका प्रशासकबाट भएको निर्णयलाई कानून बमोजिमको निर्णय मान्न नसकिने । § खोला पसी वेकायम भै तिरो मिन्हा समेत भएकोमा जग्गा कायम भएपछि तिरो तिरेर त्यस्तो जग्गा भोग गर्न पाईने भन्ने जग्गा मिच्नेको महलको ३ क को देहाय (२) र (३) र जग्गा पजनीको ८ नं. मा कानूनी ब्यबस्था समेत भएको हुँदा यस्तो संस्थानका प्रशासकले श्री ५ को सरकारका नाममा दर्ता गर्ने गरी गरेको निर्णय मनासिव नदेखिंदा विवादित जग्गाका दर्तावाल मोही विपक्षीहरुलाई मोही कायम नगर्ने गरी गरेको निर्णयलाई कानून सम्मत मान्न नसकिने । (प्रकरण नं. २७) § मोहीयानी हकको प्राप्ती वा मोहीयानी हकको तेरो मेरो सम्बन्धी विवाद उठेको नभै पहिले देखि अविच्छिन्न रहेको दर्तावाला मोहीको मोहीयानी हकलाई प्रशासकको निर्णयवाट मोहीको हकलाई समाप्त गरेकोमा पुनरावेदन अदालतले मोहीको हकलाई निरन्तरतासम्म दिएको देखिन्छ । मोहीको मोहीयानी हकको प्राप्ती वा तेरो मेरो सम्बन्धमा विवाद सिर्जना भएमा भूमी सम्बन्धी ऐन, २०२१ को दफा ३१(क)(१) ले भूमी सुधार अधिकारीको क्षेत्राधिकारको बिषय हुन सक्ने हो तर गुठीमा भैरहेको दर्तावाला मोहीको हकलाई अदालतले दर्तावाला मोही हो भनी निरन्तरता दिन मिल्दैन भनि संकुचित अर्थ लगाई साँधुरो व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7800 |
|---|---|
| मुद्दाको विषय | गुठी कायम |
| निर्णय वर्ष / मिति | 2063/11/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7800 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
