नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7812 · वि.सं. २०६४
नि.नं. 7812 — जीउमास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फौज्दारी कसूर घोषणा गर्ने सारवान कानूनी व्यवस्था अनुसार साविक देखि हालसम्म मानिसलाई बेच बिखन गर्ने कार्यलाई गंभिर अपराध मानी कठोर सजायको व्यवस्था समेत गरिरहेको अवस्थामा पछाडि निर्माण गरी लागु गरिएको कानूनले त्यस्तो कसूरकोे अनुसन्धान तहकिकात सम्बन्धी कार्यविधिगत विषयमा नयाँ व्यवस्था गर्दछ भने कार्यविधिका सम्बन्धमा मुद्दाको अनुसन्धान हुँदा विशेष कानूनको रुपमा रहेको कानूनको व्यवस्थालाई नै अनुशरण गर्नुपर्ने कुरामा कुनै द्विविधा हुन सक्दैन किनकि पछि निर्माण गरिएको ऐनमा भएको कार्यविधिको अनुशरणबाट कसूर गर्दाको अवस्थामा अभियुक्तले गरेको फौजदारी कसूरको दायित्व निर्धारण गर्ने कुरामा निजलाई कुनै प्रतिकूल असर पर्ने अवस्था नरहने भनी कानूनी सिद्धान्त प्रतिपादन भई सकेको देखिंदा यि प्रतिवादी राजकुमार पाण्डेका हकमा पनि जिउमास्ने बेच्ने कार्य ( नियन्त्रण ) ऐन, २०४३ बमोजिमको अभियोग लगाई सोही ऐन बमोजिमको कसूर कायम गरी सजाय गरेको कार्य कानून सम्मत नै देखिने । (प्रकरण नं. २३) § सोही अनुरुपको कसूर गर्ने अन्य प्रतिवादीहरूलाई कसूरानुसारको ऐ ऐनको दफा ८(४) को सजाय माग गरिएको पनि देखिन्छ । कसूर अनुरुपको सजाय हुने दफा ८ नै रहेको देखिएको छ । सोही अनुरुपको कसूरमा अन्य प्रतिवादीहरूलाई पनि दफा ८ अनुसारकै सजाय माग गरिएको र प्र.राजकुमार पाण्डेलाई पनि कसूर अनुसार सजाय हुने दफा ८ को १ नै भएको हुँदा ८ सम्म लेख्न छुटी १ मात्र लेखीएकोलाई ८(१) को सजाय माग गरिएको रहेनछ भनी सम्झन मिल्ने अवस्था भएन । प्र.राजकुमार पाण्डे उपरको सजायको लागि माग गरिएको दफा ८(१) नै रहेछ भनी मान्नुपर्ने देखियो । निजको हकमा सोही दफा ८(१) आकर्षित भै सोहीनुसारकै दण्ड सजाय हुने कुरा स्पष्ट देखिरहेको स्थिति हुँदा दफा ८(१) बमोजिम सजाय गर्ने गरेको शुरु र पुनरावेदन फैसलामा कुनै त्रुटी नदेखिने । (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7812 |
|---|---|
| मुद्दाको विषय | जीउमास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2063/09/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7812 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
