नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7795 · वि.सं. २०६३

नि.नं. 7795 — लेनदेन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले पहिलो बाहेक अरू छाप आफ्नो भएको कुरा प्रमाणित नभएको हुँदा कागज जाँचको महलको ८ नं. समेतको रित पुगेको छैन भन्ने जिकिर लिएपनि विवादित लिखितमा लागेका अन्य छापहरु स्पष्ट नभएको सम्म देखिन्छ, यसबाट प्रतिवादीको छाप नै लागेको छैन भन्ने पुष्टी हुन नसक्ने । § एउटै लिखतमा लागेको एउटा ल्याप्चे प्रतिवादीको भन्ने देखिइरहेको अवस्थामा अन्य छाप अस्पष्ट भएको सम्म कुराका आधारमा छापहरू लाग्दै नलागेको भन्ने अनुमान गर्न कानून संगत नहुने । (प्रकरण नं. १६) § विवादित लिखतको लिखितमको पहिलो ल्याप्चे प्रतिवादीको ल्याप्चेसँग भिडेको, सो ल्याप्चे वादी दावी बमोजिमको प्रयोजनको लागि नभए अन्य के कारणले लगाएको हो भन्ने प्रतिवादीले देखाउन र प्रमाणित गर्न नसकेको तथा विवादित कागजमा अन्य ल्याप्चेहरु अस्पष्टसम्म भएको कारणबाट दावी गर्न नै नमिल्ने गरी कागज जाँचको ५,६,७,८ नं को प्रक्रिया नपुगेको मान्न नमिल्ने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7795
मुद्दाको विषयलेनदेन
निर्णय वर्ष / मिति2063/09/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदार प्रसाद गिरी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7795
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्