नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7813 · वि.सं. २०६४

नि.नं. 7813 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आ–आफ्ना नाममा कायम गराएका जग्गाहरू निवेदक स्वयंले अन्यत्र हक हस्तान्तरण गरिसकेको भन्ने लिखित जवाफबाट देखिएबाट उक्त निर्णयलाई आचरणबाट (By Conduct) स्वीकारै गरेको मान्नुपर्ने । § तेश्रो पक्षको हक सिर्जना भइसकेको अवस्थामा रिट निवेदनमा विपक्षी नरहेका निजहरूको उपस्थिति बेगर निजहरूको हकमा असर पर्ने गरी निर्णय गर्न मिल्ने अवस्था पनि नहुने र विवाद उठाएको निर्णय कार्यान्वयन हुन सक्ने अवस्था समेत नदेखिने । (प्रकरण नं.९) § आफू पूर्पक्षमा रहेको मुद्दामा भएको निर्णय उपर यत्तिका विलम्ब गरी रिट निवेदन गर्नुको कारण निवेदनमा उल्लेख गर्न सकेको समेत नहुँदा निवेदक अनुचित विलम्व गरी यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत आएको मान्नुपर्ने । § अनुचित विलम्व गरी आउनेलाई अदालतले मद्दत गर्न नसक्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7813
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/11/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्रीमती गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7813
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्