नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7807 · वि.सं. २०६४

नि.नं. 7807 — कुटपिट, लुटपिट

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनेक दावी गरिएकोमा सो मध्येका एक वा केही दावी अनुसार कसूर वा कसूरदार नठहरेमा त्यसैको कारणले अरु दावी पनि नपुग्ने वा नठहर्ने हुन सक्दैन । प्रत्येक दावी वा कसूर प्रमाणबाट प्रमाणित हुनु पर्ने हुनाले कुटपिट तर्फको दावी प्रमाणित भई रहेको अवस्थामा लुटपिट तर्फ वादीले पुनरावेदन नगरेकै कारण कुटपिटको कसूर पनि अप्रमाणित वा अस्तित्वहीन हुन नसक्ने । § आरोपित दावीहरू मध्ये जतिमा प्रतिवादीहरू विरूद्ध प्रमाण पुग्दछ त्यतिमा अदालतले कसूरदारलाई सजाँय गर्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7807
मुद्दाको विषयकुटपिट, लुटपिट
निर्णय वर्ष / मिति2063/12/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7807
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्