नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7806 · वि.सं. २०६४

नि.नं. 7806 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रहरी समक्ष गरिएको पूर्ण वा आंशिक साविती बयान कागज स्वतन्त्र प्रमाण वा स्थापित तथ्यबाट समर्थित नभएसम्म त्यसलाई अदालतले विवादरहीत प्रमाणको रुपमा ग्रहण नगर्ने । (प्रकरण नं.४६) § शंकास्पद प्रमाण वा तथ्यगत विश्लेषणबाट गरिएको अनुमानको भरमा मात्र कसैलाई कुनै फौजदारी कसूर गरेको ठहर गर्न नसकिने । जाहेरवालाले आफ्नो जाहेरी दरखास्त पनि केवल वागद महतोबाट सुनेको कुराको आधारमा दिएको देखिन्छ । यसरी कर्तव्य ज्यान जस्तो गंम्भीर प्रकृतिको अपराधमा शंकारहित तवरबाट अभियोग दावी प्रमाणित हुन नआएको अवस्थामा प्रतिवादीहरूलाई अपराधी घोषित गरी सजाय गर्नु न्यायसंगत र कानूनसम्मत देखिन नआउने । (प्रकरण नं.४८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7806
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2063/12/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7806
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्