नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7798 · वि.सं. २०६३
नि.नं. 7798 — घर उठाई जग्गा खिचोला चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मालपोत ऐन, २०३४ को दफा २ को खण्ड (ख३) मा कुनै व्यक्तिले मात्र नभै सार्वजनिक रुपमा प्रयोग गर्न पाउने परापूर्व देखि प्रचलनमा रहेको वाटो समेतलाई सार्वजनिक जग्गामा समाहित गरेको परिप्रेक्ष्यमा विवादित न.नं. २ को जग्गा सबैले प्रयोग गर्ने राजमार्गको जग्गा रहेकोले त्यस्तो जग्गाको दर्ता भएपनि स्वतः बदर हुने अवस्थाको देखिन आउने । § सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी दिने अधिकार सुकुम्वासी समस्या समाधान आयोगलाई रहे भएको समेत देखिदैन । दर्ता गरेको भएपनि उल्लेखित दफा २४ ले स्वतः वदर हुने प्रकृतिको भएकोले यस्तो जग्गालाई सुकुम्वासी समस्या समाधान आयोगले दिएको भनी स्थायी दर्ता श्रेस्ता समेत देखाउन नसकेको अवस्थामा विवादित अस्थायी दर्ता भएको भनिएको जग्गा प्रतिवादीको वैधानिक हक स्वामित्व भित्र रहेको भन्न नमिल्ने । (प्रकरण नं. १९) § फिरादपत्रको प्रकरण ४ मा “मेरो घरको अगाडि सडक तर्फ जाने वाटो समेतमा घर वनाई निकास बन्द भएको” व्यहोरा उल्लेख भएको देखिँदा, पुनरावेदन अदालत समेतबाट बाटो निकास बन्द गरेको भन्ने आधारमा सो घर हटाई दिने ठहर गरेको फैसला वादी दावी बाहिर गै फैसला गरेको भन्न नमिल्ने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7798 |
|---|---|
| मुद्दाको विषय | घर उठाई जग्गा खिचोला चलन । |
| निर्णय वर्ष / मिति | 2063/12/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7798 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
