नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7801 · वि.सं. २०६३
नि.नं. 7801 — अदालतको अपहेलना ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अवहेलना सम्बन्धी मुद्दा अदालतले आफ्नो स्वतन्त्रता न्यायिक गरिमा र अदालत प्रतिको जनआस्था जोगाउने प्रयोजनको लागि अदालत आफैँ वादी भई चलाउने मुद्दा हो । जसको निवेदनबाट कारवाही प्रारम्भ भए पनि यसमा वादी पक्ष अदालतनै हुन्छ । निवेदकको दाइत्व अदालतको अवज्ञा वा असम्मान भएको घटनाको जानकारी सम्म गराउने हो । हक बेहक वा पीडित वा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने काम अवहेलना मुद्दाको निवेदकको दाइत्व भित्र नपर्ने। § कुनै अदालतले आफ्नो अवहेलना भएको छैन भन्ने ठहर गरेबाट अवहेलना मुद्दाको निवेदक माथि कुनै विपरीत असर पर्ने अवस्था हुँदैन । त्यसकारण अवहेलना मुद्दामा आरोप ठानी विपक्षीले सजाय पाएमा निजले कानून बमोजिम पुनरावेदन गर्न पाउँछ, अन्यथा निजले सफाई पाएमा त्यसबाट अवहेलना मुद्दाका निवेदकको लागि पुनरावेदन गर्न पाउने कानूनी हकको सिर्जना नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7801 |
|---|---|
| मुद्दाको विषय | अदालतको अपहेलना । |
| निर्णय वर्ष / मिति | 2063/09/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्र कुमार भण्डारी | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7801 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
