नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7814 · वि.सं. २०६४
नि.नं. 7814 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ समान अंशियार भए तापनि समान स्तरका अंशियार नभई बुबा वा लोग्नेको सम्पत्तीमा छोरा र श्रीमतीको हक पहिले लोग्ने वा बाबुको हक सिर्जना भएपछि मात्र सिर्जना हुने हुँदा बाबु वा लोग्नेले जुनसुकै व्यहोराबाट कमाएको सम्पत्तीमा र लगाएको ऋण समेतमा छोरा स्वास्नीको उत्तिकै हक अधिकार सिर्जना हुने र दायित्व व्यहोर्नु पर्ने भएकोले बाबुको सम्पत्ति छोरा श्रीमतीको हकमा पैत्रिक सम्पत्ति नै मान्नुपर्ने । § मुलुकी ऐन अंशवण्डाको १८ नं. को व्यवस्थाले बाबुको अंश छोरा र श्रीमतीले पाउने कुरामा शंकुचित नगरी समान अंशियारहरूबाट आफूले अंश पाउने कुरामा आफ्नो निजी आर्जन स्वरुप पाएको वकस पत्रको सम्पत्ती अरुलाई भाग नलाग्ने तर आफू नै मुली भै अरु अंशियारहरूलाई आफूले अंश दिनुपर्ने हुन आएको अवस्थामा मैले सो सम्पत्ति बकस पाएको हो म कसैलाई अंश दिन्न भन्न पाउने अवस्था आउँदैन । बाबु वा पतिको आर्जन छोरा स्वास्नीको लागि पैत्रिक सम्पत्ती हुने । (प्रकरण नं.१६) § अंशवण्डाको १० नं.को कानूनी व्यवस्थाबाट लाग्ने वा बाबु आमाले जुन सुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोरा छोरी र श्रीमतीको लागि पैतृक सम्पत्ति मान्नु नै पर्ने । (प्रकरण नं.१८) § अंशवण्डाको १ नं. अनुसार बाबु, आमा, छोरा, छोरीहरूमा जिया जियैको अंश हक लागि समान अंशियार देखिएता पनि सोही महलको १० नं.अनुसार अंश दिने दायित्व बाबु, आमा वा लोग्नेमा रहेको हुँदा अंशवण्डाको १८ नं.मा भएको कानूनी व्यवस्थाको घेरालाई साँघुरो बनाई बाबु वा लोग्नेको सम्पत्ति निजी आर्जन मानी छोरा छोरीहरू र स्वास्नीलाई अंश नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7814 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2064/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7814 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
