§ विषय वा प्रसंगले अन्यथा उद्देश्य देखिनेमा बाहेक कुनै पनि शब्दको जवरजस्ती अथ्र्याउने प्रयास गर्न खोजियो भने त्यसले अर्थको अनर्थ हुन जान्छ । त्यसकारण कुनै पनि शब्दको व्याख्या अन्य अभिप्राय देखिने मा बाहेक जनमानसले सो शब्दलाई कसरी बुझेका छन्, त्यसै अनुरूप गरिनु…
§ निवेदकहरूले वदर घोषित हुन माग गरेको साविकको व्यवस्था हाल विद्यमान नभई फरक व्यवस्था कायम भई वदर घोषित गर्न माग गरिएको व्यवस्था संशोधन भैसकेको अवस्थामा साविकको व्यवस्था सम्बन्धमा थप विवेचना गर्न नपर्ने । (प्रकरण नं. १३) § निवेदकहरुले सिभिल एमिएसन अपरेशन जस्तो…
§ अपुताली पाउनेले अपुताली वापत पाउने सम्पत्ति आफ्नो नाममा नामसारी दा.खा गरी हक कायम गरी नलिएसम्म निजले त्यस्तो अपुताली सम्पत्ति खाइसकेको भनी मान्न नमिल्ने। § अपुतालीको १५ नं. मा अपुताली खान, पाउनेले अपुताली खान्न भने कर लाग्दैन भन्ने उल्लेख भएको र लेनदेन व्यवह…
§ सुनाइ दिने निकायलाइ सुनाइदिने र सुनुवाई गर्ने निकायलाई सुनुवाई गर्ने अधिकार कानूनद्धारा प्राप्त हुनुपर्दछ । केवल सुनाइदिएको कुराबाट कुनै निकायलाई अधिकारक्षेत्र प्राप्त हुन नसक्ने । (प्रकरण नं. २८) § सर्वोच्च अदालतलाई न्याय सम्पादन गर्ने काममा अवशिष्ट अधिकार…
§ अध्यादेशको दफा १६(१) ले नै कुनै पदाधिकारीको उमेर ६५ वर्ष पूरा भएमा आफ्नो पदबाट अवकास हुनेछ भन्ने व्यवस्था गरेको र सोही दफाको उपदफा (२) मा उपरोक्त व्यवस्थाको अपवादको रुपमा अन्यत्र जे सुकै लेखिएको भएतापनि पहिलो पटक नियुक्ति भएका पदाधिकारीको हकमा उपरोक्त उमेरको…
§ नेपाल कानून ब्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ ले कुनै ऐन बमोजिम हासिल गरेको भोगेको कुनै हक सुबिधा, कर्तब्य र दायित्वमा असर नपर्ने ब्यबस्था गरेको छ । पाईलट ट्रेनिङ्ग कोर्ष र आई .एस्सी. एक अर्काको परिपूरकको रुपमा हेरी एउटामा भएको निर्णयलाई अर्कोमा समाबेश गरी…
§ अदालतले वादी र प्रतिवादी पक्षबाट प्रस्तुत तथ्यगत वस्तुनिष्ट आधारमा न्याय निरोपण गर्दछ । अदालत आफै अग्रसर भएर मुद्दाको तथ्य भन्दा बाहिर गएर न्याय निरोपण गर्न नसक्ने । (प्रकरण नं. ३१) § ज्यान जस्तो गम्भिर प्रकृतिको मुद्दामा अभियोजन पक्षले अनुसन्धान गर्दा मुद्द…
§ निजामती सेवा नियमावली, २०५० को नियम २५(२) बमोजिम लोक सेवा आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्ति हुने पदमा निर्धारित प्रकृया र शर्तको पालना नगरी नियुक्ति गरेको अवस्थामा सो नियुक्ति अनियमित भएको छ भनी लोक सेवा आयोगबाट त्यसरी नियुक्ति भएको कर्मचारीको परिक…
§ गैरकानूनी, संस्थाको हित विपरित भ्रष्टाचारजन्य वा यस्तै अवान्छित कार्य गर्ने कर्मचारीबाट निश्चिय नै संस्थाको हित हुन सक्दछ भन्न सकिन्न । गैरकानूनी, संस्थाको हित विपरितका भ्रष्टाचारजन्य वा यस्तै अवान्छित अन्य कार्य गरेको भन्ने तथ्य मात्र कारवाहीको पर्याप्त आध…
§ कानूनद्धारा संरक्षित नभएको सहुलियत (Privilege) वा सुविधा (Advantages) ले कानूनी हैसियत धारण गर्न सक्दैन । कानूनी हैसियत प्राप्त नगरेको सहुलियत (Privilege) वा सुविधा (Advantages) सम्वन्धित पक्षको तजविजमा प्राप्त गरेमा बाहेक कानूनी अधिकारको रुपमा लागु हुन सक्न…
§ प्रतिवादीहरुले वादीहरुलाई श्रीमती, छोरा नाताका व्यक्ति होइनन् भनि प्रतिउत्तर र बयान जिकिरसम्म लिएपनि सो को पुष्टि हुने कुनै प्रमाण गुजार्न नसकेको र निजका साक्षीले नाता सम्बन्ध बारे थाहा नभएको भनि वकपत्र गरेको देखिएबाट सो जिकिर स्वतः खण्डित हुने । (प्रकरण नं.…
§ नियम र विनियमको पृथक अवस्था भएमा नियमको नै आधिकारिक स्थान हुने । § परिषद्को नियमावलीमै सबै किसिमका बिदा स्वीकृत गर्ने अधिकार सदस्य सचिवको हुने भनी व्यवस्था भएपछि नियमको स्थान विनियम भन्दा श्रेष्ठ रहेको परिप्रेक्ष्यमा असाधारण बिदा सदस्य सचिवले स्वीकृत गर्न सक…
§ प्रस्तुत वारदातमा प्रतिवादीले गाई गोरुलाई कुटेको भन्ने तथ्य स्थापित छैन । सवारी चलाउँदा सवारीको व्रेक फेल हुनु र कुट्नुलाई एउटै अर्थमा लिन नमिल्ने । § व्रेक फेल हुनु एउटा आकस्मिक घटना हो । सवारी साधन जस्तो यान्त्रिक वस्तुमा व्रेक फेल हुनु र त्यस्तो व्रेक फेल…
§ न्यायिक प्रकृयामा कसूर र संजाय बिचाराधिन रहेको अवस्थामा नै माफी वा मिनाहा दिनाले माफी वा मिनाहा पाउनेले तत्काल कैदबाट छुटेको अनुभूति गर्न पाउने भएतापनि त्यस्तो छुट सँगसंगै संजायंको दाग पनि बोक्नु पर्ने । § न्यायिक प्रकृयाबाट मुद्दाको टुङ्गो लाग्दा उपचार पाउन…
§ प्रतिवादीले आफ्नी श्रीमतीलाई सलले घाँटीमा कसी भुईमा लडाएकोमा श्रीमतीको उपचार गर्न नलागी सो कुरा कसैलाई नबताई कोठाको ढोका बन्द गरी घरबाट वाहिर निस्किएको र करिब एक घण्टा पछि मात्र कोठामा आएको भनी प्रतिवादी स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष व्यक्त गरेको हुँद…
§ आफ्नो साथमा रहेको नागरिकता सच्याएको, किर्ते गरेको पाइन्छ भने त्यो निर्दोषितापुर्ण छ भनी प्रमाणीत गर्ने भार पुनरावेदकको हुने । § विवादित नागरिकता प्रमाणपत्रमा सरकारी अड्डाको नाम लेखिएको अड्डाको छाप लागेको, सरकारी कर्मचारीको छाप र दस्तखत समेत भएको हुँदा सो नगा…
§ हाम्रो जस्तो संयुक्त किसिमको पारिवारीक संरचना भएको समाजमा कसैको जिम्मामा वा नेतृत्वमा सम्पत्ति रहने गरी कानूनी संरचना गर्नुको तात्विक महत्व पनि छ । दण्ड सजायको २६ नं. बमोजिम ऋण खाँदा सँग वसेका संगोलको जुनसुकै अंशियारको नाउँको सम्पत्ति भएपनि दायित्व रहने गरी…
§ कानून बमोजिम लिखत पारित गरी प्रतिवादीलाई विवादित जग्गाको हक छाडी दिइ सकेको अवस्थामा उक्त जग्गा पुनः आफ्नो नाममा फिर्ता लिन वादी फिराद दावी लिई आएकोमा सम्पत्तिमा व्यक्तिको कानून बमोजिम नै हक प्राप्त हुने र हक समाप्त हुने हुँदा यसरी कानून बमोजिम अनिश्चित हुने…
§ करार ऐन, २०५६ को दफा २(क) लाई हेर्दा अन्य कुराका अतिरिक्त करार, कानून बमोजिम कार्यान्वयन गर्न सकिने समेत हुनु पर्ने र यदि करार सम्झौता कानून बमोजिमको अथवा कानून बमोजिम कार्यान्वयन गर्न सकिने अवस्थाको नभएको खण्डमा करारको परिभाषाभित्र नपर्ने । § प्रस्तुत लिखतक…
§ जहाँ राज्यको प्रत्यक्ष लगानी, नियन्त्रण, सहभागिता र स्वामित्व रहन्छ, जुन प्रतिष्ठानको संस्थापना सार्वजनिक सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हुन्छ, सिद्धान्ततः त्यस्तो प्रतिष्ठानमा राज्यको उपस्थिति रहेको तथा त्यसलाई राज्यकै विस्तारित रुप मानिने । (प्रकरण नं…
§ जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्य…
§ माना चामल सगोलबाट भराउने कुरा हो, अंश मुद्दामा जस्तो भाग छुट्याउने होइन । सगोलको अंशियारले उसको परिवारको सदस्य सरह इज्जत आमद अनुसार खान लाउन पाउने कानूनी र नैसर्गिक हक हुने । § सगोलको परिवारले आफ्नो सदस्यलाई इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने विषय कानूनी दा…
§ प्रस्तुत विवादमा पीडित बालिकाले प्रारम्भमा गरेको कागज र पछि गरेको बकपत्रको अन्तर्वस्तुका आधारभूत कुराहरुमा सँगति देखिएकोले बालिकाको वकपत्रको प्रमाणिक महत्वलाई गौण बनाएर मूल्याङ्कन गर्नुपर्ने नदेखिने । (प्रकरण नं.२७) § समयमा दिएको जाहेरी दरखास्तबाटै वारदातस्थ…
§ संयुक्त इजलासवाट अलग अलग तथ्यगत पृष्ठभूमिमा अलग अलग कानूनी व्यवस्थाका आधारमा निर्णय भएको अवस्था र स्थितिका बिषयलाई लिएर एक निश्चित सिध्दान्त हुन नसक्ने हुँदा एक निश्चित सिध्दान्त कायम नभएको भन्ने संदर्भ स्वतः नरहने । (प्रकरण नं.१७) § सरुवा र रमानालाई एकै रुप…