नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7777 · वि.सं. २०६३

नि.नं. 7777 — लिखत बदर दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानून बमोजिम लिखत पारित गरी प्रतिवादीलाई विवादित जग्गाको हक छाडी दिइ सकेको अवस्थामा उक्त जग्गा पुनः आफ्नो नाममा फिर्ता लिन वादी फिराद दावी लिई आएकोमा सम्पत्तिमा व्यक्तिको कानून बमोजिम नै हक प्राप्त हुने र हक समाप्त हुने हुँदा यसरी कानून बमोजिम अनिश्चित हुने हकमा कुनै कार्यबाट असमान स्थितिको सृजना भयो भने त्यस्तो कार्यको वैद्यता कानूनी आधारबाट हेरी निश्चित गरिनु पर्ने हुन्छ । कानून मान्यता रहेको सम्पत्ति अवतरण हुने व्यवहारबाट त्यस्तो अवस्था श्रृजना हुन गएको हो भने त्यस्तो वैद्य व्यवहार मान्य नहुने । § कानून बमोजिम वैद्य लिखतको आधारमा हक छाडी दिएको लिखतलाई बदर गर्न मिल्ने नदेखिई कानूनले आफूखुश गर्न पाउने सम्पत्तिमा हक पुग्ने व्यक्तिको इच्छा अनुसार शर्त राख्न पाउने । § वादीले फिराद दावीमा विवादित जग्गा शर्त विपरीत अन्य व्यक्तिलाई प्रतिवादीले हक हस्तान्तरण गर्न खोजेको भनी भन्न सकेको पनि छैन भने प्रतिवादीले समेत शर्त बमोजिम विवादित जग्गामा शिवांगीको हक हुने कुरालाई स्वीकार नै गरेको देखिन्छ । कानून बमोजिम हक छोडी सकेको जग्गा स्वयंले फिर्ता लिन पाउने अधिकार वादीलाई कानूनतः नदेखिने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7777
मुद्दाको विषयलिखत बदर दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2063/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री गौरी ढकाल
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7777
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्