नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7789 · वि.सं. २०६३

नि.नं. 7789 — उत्प्रेषण मिश्रित परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल कानून ब्याख्या सम्बन्धी ऐन, २०१० को दफा ४ ले कुनै ऐन बमोजिम हासिल गरेको भोगेको कुनै हक सुबिधा, कर्तब्य र दायित्वमा असर नपर्ने ब्यबस्था गरेको छ । पाईलट ट्रेनिङ्ग कोर्ष र आई .एस्सी. एक अर्काको परिपूरकको रुपमा हेरी एउटामा भएको निर्णयलाई अर्कोमा समाबेश गरी निर्णय गर्दा संवैधानिक र कानूनी हक कुण्ठीत हुन जाने । (प्रकरण नं.१४) § RNAC को सेवामा अयोग्य मानिदैमा अनुमतिपत्र नविकरण गर्न बन्देज लाग्ने कानूनी व्यवस्थाको अभावमा हवाई उडान सेवाको सम्बेदनशिलतासँग नैतिक पतन हुने कसूरको सजाय लाई जोडेर विपक्षीहरुले आफ्नो कानूनी दायित्वबाट पन्छिन खोजेको देखिन आउछ । साथै अन्य प्राईभेट क्षेत्रका वायूसेवा कम्पनीहरुमा सेवा गर्न पनि बन्देज लाग्ने वा अयोग्य मानिने निष्कर्शमा पुग्नु कानून र न्यायिक बिबेकलाई अस्वीकार गर्नु हुन्छ । त्यस्तो प्रकृतिको निर्णयबाट कानूनको अवज्ञा त हुन्छ नै त्यस्तो निर्णयबाट स्वदेशी पूँजी लगानी गरी बिदेशमा गै आर्जन गरेको योग्यता बिशेषज्ञको ज्ञान र सिप अस्वीकृत भै दक्ष जनशक्ति मुलुकबाट पलायन हुने खतरा वढने । (प्रकरण नं.१५) § प्रस्तुत मुद्दामा निबेदकहरुले हासिल गरेको कानून बमोजिमको हवाई उडान अनुमति पत्र नबिकरण गर्न नमिल्ने भनि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण हवाई उड्डयन सुरक्षा प्रमुखको कार्यालयको निर्णय र सो निर्णयको आधारमा निबेदकहरुलाई जानकारी गराएको पत्रहरु तथा निबेदकहरुको लाईसेन्स नबिकरण गर्न नमिल्ने भनी विपक्षीहरुबाट अन्य कुनै निर्णय, परिपत्र एवं पत्राचार भएको भए सो समेत निबेदकहरुका हकमा उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7789
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश ।
निर्णय वर्ष / मिति2063/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदा श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारीको राय सम्ममा सहमत हुदा सोही बमोजिम गर्नु गराउनु ।
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7789
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्