नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7773 · वि.सं. २०६३

नि.नं. 7773 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ माना चामल सगोलबाट भराउने कुरा हो, अंश मुद्दामा जस्तो भाग छुट्याउने होइन । सगोलको अंशियारले उसको परिवारको सदस्य सरह इज्जत आमद अनुसार खान लाउन पाउने कानूनी र नैसर्गिक हक हुने । § सगोलको परिवारले आफ्नो सदस्यलाई इज्जत आमद अनुसार खान लाउन दिनुपर्ने विषय कानूनी दायित्व वा कर्तव्य कै रुपमा रहेको देखिन्छ । त्यसमा पनि लोग्नेस्वास्नीको ४ नं. अन्तर्गतको विवादमा त सासु ससुरा समेतबाट बुहारीले मानाचामल भराई पाउने विषय अन्तर्निहित रहेको पाईदा लोग्नेको अंशहकमा सिमित रही माना चामल भराई दिनुपर्ने भन्ने पुनरावेदन अदालतको आदेश कानूनी व्यवस्थाको ठाडै प्रतिकूल देखिने । (प्रकरण नं.१८) § मानाचामल कति भराई दिने भन्ने कुरा परिवारको आय श्रोत र हैसियतमा भर पर्दछ जसलाई फैसलाको ठहरले निश्चित गरी दिएको हुन्छ । कार्यान्वयन गर्दा फैसलाले ठहर गरेको कुरामा सिमित रही भराई दिने हुँदा ठहर भै रहेको कुरा विपरीत को–कसको के–कति अंश भाग हो भन्ने कुरा फैसला कार्यान्वयको क्रममा उठाउन नमिल्ने । (प्रकरण नं.१९) § मुद्दा कारवाहीयुक्त अवस्थामा रहेको स्थितिमा भए गरेका काम कारवाही वा आदेश वेरितको भएको भनी अ.वं. १७ नं. बमोजिम माथिल्लो अड्डामा निवेदन दिन पाइने कानूनी व्यवस्था हो । मुद्दा फैसला भैसके पछि कार्यान्वयनका क्रममा उठेको रित वेरितको प्रश्नबाट अन्तिम भै बसेको फैसलाको ठहरको औचित्य भित्र प्रवेश गरी बोल्न नमिल्ने । § कार्यान्वयसँग सम्बन्धित कुनैपनि रित वेरितका प्रश्नहरु नउठाईएको अवस्थामा अंश भाग भन्दा वढी लिलाम गरेको वेरितको भएको भनी अन्तिम फैसलाको ठहर बुँदालाई प्रभावित पार्ने गरी भएको पुनरावेदन अदालतको आदेश अ.वं. १७ नं. को कानूनी व्यवस्थाको मर्म र भावना विपरीत प्रत्यक्ष त्रुटी देखिने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7773
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/10/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7773
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्