नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7774 · वि.सं. २०६३

नि.नं. 7774 — जुवा तास ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुवा ऐन, २०२० को दफा २ मा “जुवा” भन्नाले “सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोगका आधारमा बाजी थापी खेलेको कुनै खेल सम्झनु पर्दछ” भन्ने उल्लेख भएबाट के स्पष्ट हुन आउँदछ भने जुवा खेल खेल्नको लागि सम्पत्तिको हारजित, संयोग र खेल खेल्दा बाजी थाप्ने जस्ता कार्यहरुको विद्यमानता हुनुपर्ने । § तासको मेरिज खेलमा पक्षहरुको बीचमा धन सम्पत्तिको हार जित हुने, संयोग नपर्ने पक्षले वाजी गर्न नसक्ने, संयोग परी वाजी गर्नेले वाजी गरे बापत धन, रुपैंया पैसा, सम्पत्ति प्राप्त गर्ने, वाजी गर्न नसक्नेले धन सम्पत्ति हार्ने जस्ता कार्यहरु तासको मेरिज खेलमा पनि विद्यमान हुने भएकोले तासको मेरिज खेललाई जुवा होइन भन्न सकिने अवस्था नरहने । (प्रकरण नं.४५) § बरामदी मुचुल्कामा बस्ने लक्ष्मीप्रसाद निरौला समेतका व्यक्तिहरुले प्रतिवादीहरुबाट रकम बरामद भएको हामीहरुले देखेको होइन । केवल मुचुल्कामा वसि दिनु होस भनेकोले वसी दिएको हौं भनी अदालतमा आई वकपत्र गरी दिएका छन् । वादी पक्षबाट प्रतिवादीहरु मध्ये कोबाट कति रकम बरामद भएको हो किटानी साथ भन्न नसकेको अवस्थामा प्रतिवादीहरुले पैसाको हारजित हुने गरी तासको मेरिज खेल खेलेका हुन नै भन्ने कुरा पुष्टि हुन नआएबाट निजहरुले जुवा ऐन, २०२० को दफा ३(१) अनुसारको कसूर गरेको देखिन नआउने । (प्रकरण नं.४६) § तास, जुवा र रुपैंया पैसा बाजी राखी खेलिने तासको मेरिज खेल जुवा नै हो भन्ने एकिन भएतापनि प्रतिवादीहरुले तासको मेरिज खेल खेली जुवाको रुपमा वाजी थापी हारजित गरेको भन्ने अभियोग दावीमा उल्लेख भए अनुसार कुनै प्रमाणबाट पुष्टि हुन आएको नदेखिदा अभियोग दावीबाट सम्म सफाई पाउने ठहर गर्नुपर्नेमा तासको मेरिज खेललाई जुवाको परिभाषा भित्र नपर्ने भनी गरेको पुनरावेदन अदालत विराटनगरको फैसला सो हदसम्म केही उल्टी हुने । (प्रकरण नं.४७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7774
मुद्दाको विषयजुवा तास ।
निर्णय वर्ष / मिति2063/10/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7774
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्