नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7780 · वि.सं. २०६३
नि.नं. 7780 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले आफ्नी श्रीमतीलाई सलले घाँटीमा कसी भुईमा लडाएकोमा श्रीमतीको उपचार गर्न नलागी सो कुरा कसैलाई नबताई कोठाको ढोका बन्द गरी घरबाट वाहिर निस्किएको र करिब एक घण्टा पछि मात्र कोठामा आएको भनी प्रतिवादी स्वयंले अधिकार प्राप्त अधिकारी समक्ष व्यक्त गरेको हुँदा प्रतिवादीले आवेशप्रेरित भएर होश नपुर्याई कार्य गर्दा मृतकको मृत्यु भएको भन्ने नदेखिने । § श्रीमतीले घाँटीमा लगाएको सलले निजको घाँटी कसेर अठ्याउँदा मानिसको मृत्यु हुन सक्छ भनेर एउटा सामान्य विवेक भएको व्यक्तिले पनि बुझ्ने कुरा हुने । (प्रकरण नं.२८) § आफुसँगै आफ्नै घरको कोठामा साथ रहेको श्रीमतीसँग विवाद झगडा गरी सलले श्रीमतीको घाँटी कसी अठयाउनु र घटनाको जानकारी छिमेकी समेत कसैलाई नदिई ढोका थुनेर घरवाहिर निस्कनु जस्ता कार्यबाट प्रतिवादीले मृतकलाई मार्न चाहेको स्पष्ट हुने । § श्रीमतीसँग झगडा हुँदा आफ्नी २० महिनाकी छोरीलाई केही चोटपटक लाग्न सक्छ कि भन्ने चिन्ता गरी छोरीलाई विछयौनामा राख्नु र श्रीमतीलाई सलले घाँटी कस्नुबाट प्रतिवादीले आवेगमा आएर मृतकको हत्या गरेको भन्न नमिल्ने । § प्रस्तुत वारदातलाई शुरु र पुनरावेदन अदालतले भवितव्य ठहर गरी ज्यान सम्वन्धी महलको ६(२) नं. बमोजिम प्रतिवादीलाई सजाय ठहर गरेको त्रुटीपूर्ण देखिँदा उल्टी भै ज्यानसम्वन्धीको १३(३) बमोजिम सर्वस्वसहित जन्मकैद हुने । (प्रकरण नं.३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7780 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2063/07/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी | माननीय न्यायाधीश श्री तपवहादुर मगर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7780 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
