नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7791 · वि.सं. २०६३

नि.नं. 7791 — हरहिसाव गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सुनाइ दिने निकायलाइ सुनाइदिने र सुनुवाई गर्ने निकायलाई सुनुवाई गर्ने अधिकार कानूनद्धारा प्राप्त हुनुपर्दछ । केवल सुनाइदिएको कुराबाट कुनै निकायलाई अधिकारक्षेत्र प्राप्त हुन नसक्ने । (प्रकरण नं. २८) § सर्वोच्च अदालतलाई न्याय सम्पादन गर्ने काममा अवशिष्ट अधिकार समेत रहेको हुन्छ । तसर्थ पक्षलाई पर्न जाने वा पर्न गएको अन्यायलाई निराकरण गरि पूर्ण रुपमा न्याय गर्न सर्वोच्च अदालतले उचित ठहराएको स्थितिमा अन्य आदेशका अतिरिक्त अमुक निकायमा ‘मुद्दा गर्न जानु’ भनि सुनाउन सक्ने अधिकार रहने । § यस अधिकारको प्रयोग सर्वोच्च अदालतबाट वरावर भैरहेको पनि पाइन्छ । देशको सर्वोच्चतम अदालतमा यस्तो अधिकार रहनु आवश्यक हुनेमा पुनरावेदन अदालतले कानूनद्धारा मुद्दा सुनाउने अधिकार प्राप्त नगरेकोमा गलत ऐन अ.वं. २९(७) को प्रयोग गरी सुनाइ दिनुपर्ने ठहर्याएको निर्णय कानूनसँग त नदेखिने । (प्रकरण नं.२९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7791
मुद्दाको विषयहरहिसाव गरिपाऊँ ।
निर्णय वर्ष / मिति2062/11/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7791
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्