नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7778 · वि.सं. २०६३
नि.नं. 7778 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हाम्रो जस्तो संयुक्त किसिमको पारिवारीक संरचना भएको समाजमा कसैको जिम्मामा वा नेतृत्वमा सम्पत्ति रहने गरी कानूनी संरचना गर्नुको तात्विक महत्व पनि छ । दण्ड सजायको २६ नं. बमोजिम ऋण खाँदा सँग वसेका संगोलको जुनसुकै अंशियारको नाउँको सम्पत्ति भएपनि दायित्व रहने गरी व्यवस्था भएको देखिन्छ । दण्ड सजायको २६ नं. ऐन बमोजिम जरिवाना कैद वापत जायजात गर्दा कसूरदारको अंशबाट मात्र पुगेसम्मको असूल गरी लिनु पर्ने । § विवादको सम्पत्ति जस्को नाममा छ उसको सम्पत्ति सम्वन्धमा आफ्नो निजी हैसियत एवं संगोलको परिवारको मुख्य भएको दोहोरो हैसियतमा भूमिका हुन्छ । निजको स्वीकृती वा जानकारीवेगर निजको नाउँको सम्पत्ति दण्ड सजायँको २६ नं. को आधारमा भरीभराउ गर्न सकिने भनि मानेको खण्डमा लेनदेन व्यवहारको ८ र ९ नं. को व्यवस्था नै परास्त हुन जाने। § दण्ड सजायँको २६ नं. र लेनदेन व्यवहारको ८ र ९ नं. लाई सामान्जस्यपूर्ण रुपले व्याख्या गर्ने हो भने मुख्य व्यक्तिको ऋणको दायित्व लेनदेन व्यवहारको १० नं. समेतको अधिनमा रही अन्य अंशियारले समेत व्यहोर्न पर्ने र मुख्यको मंजुरी नभएमा अन्य अंशियारले गरेको व्यवहारबाट संगोलको सम्पत्तिमा दायित्व श्रृजना गर्न नपाउने स्थिति देखिने । (प्रकरण नं.१८) § प्रस्तुत मुद्दामा छोरा भोगेन्द्रध्वज कार्कीले लिएको ऋण वापतमा मन्जुरी नहुने बाबु निवेदक दिव्यध्वज कार्कीको नामको सम्पत्तिबाट विगो भरीभराउ गर्न नमिल्ने स्पष्ट कानूनी व्यवस्थाका विपरीत पुनरावेदन अदालत समेतले भरीभराउ हुने ठहराई गरेको निर्णय कानूनको गलत व्याख्या गरी गरेको भई त्रुटीपूर्ण देखिएकोले उत्प्रेषणको आदेशबाट वदर हुने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7778 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2063/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7778 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
