नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7793 · वि.सं. २०६३

नि.नं. 7793 — उत्प्रेषण परमादेश लगायतको जो चाहिने उपयूक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पूर्ण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकहरूले वदर घोषित हुन माग गरेको साविकको व्यवस्था हाल विद्यमान नभई फरक व्यवस्था कायम भई वदर घोषित गर्न माग गरिएको व्यवस्था संशोधन भैसकेको अवस्थामा साविकको व्यवस्था सम्बन्धमा थप विवेचना गर्न नपर्ने । (प्रकरण नं. १३) § निवेदकहरुले सिभिल एमिएसन अपरेशन जस्तो प्राविधिक र संवेदनशिल कार्य संचालन गर्नुपर्ने अवस्थामा पदोन्नति साथै जिम्मेवारी पनि बढ्न सक्ने हुँदा पदोन्नति पाउनका लागि साविक पदमा भएको भन्दा उच्चस्तरीय तालीम आवश्यक पर्ने भन्ने कुरालाई प्रस्तुत सन्दर्भमा बेमनासिव मान्न नमिल्ने । (प्रकरण नं. १४) § हालको पदको लागि तोकिएको योग्यता भन्दा बढी योग्यता बढुवा प्रयोजनका लागि तोकिएपछि सेवारत कर्मचारीका लागि त्यस्तो योग्यता हासिल गर्ने अवसर न्यायपूर्ण रूपमा प्रदान गर्ने जिम्मेवारी कर्मचारीको सेवा लिने निकायको हुने । § नियमावलीको मनसाय वमोजिम निवेदकहरूलाई पदपूर्ति समितिको बैठकले प्राविधिक छैटौं तहबाट प्राविधिक सातौं तहमा बढुवा गर्नको लागि तोकेको योग्यता अनुसारको तालीम प्राप्त गर्ने अवसर प्रदान गर्नु विपक्षी प्राधिकरणको जिम्मेवारी देखिन आउने । (प्रकरण नं. १५) § वर्तमान व्यवस्था बमोजिम निवेदकहरुलाई १ बर्षे ए.टी.एस.आधारभूत तालीममा सहभागी हुन पाउने अवसर प्रदान गर्नु बिपक्षी प्राधिकरणको जिम्मेवारी भएको हुंदा त्यस्तो तालीममा सहभागी गराई तालीम पश्चात पदपूर्ति समितिको निर्णय बमोजिम कारवाई अगाडि बढाइएको बढुवा हुने प्रतिस्पर्धामा निवेदकहरुलाई सहभागी गराउनु भनी विपक्षीहरुको नाउँमा परमादेश जारी हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7793
मुद्दाको विषयउत्प्रेषण परमादेश लगायतको जो चाहिने उपयूक्त आज्ञा आदेश वा पूर्जी जारी गरी पूर्ण
निर्णय वर्ष / मिति2063/12/01
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7793
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्