सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १५७ / ४४०

नि.नं. 7770वि.सं. २०६३विशेष इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ कम्पनीको प्रथम वार्षिक साधारण सभा भै संचालकको नियुक्ति नहुञ्जेलसम्मका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश २०६२ को दफा १७(१) अनुसार संचालकको नियुत्ति संस्थापकबाट हुने ब्यवस्थाले संस्थापक सदस्य बढी विशेष जिम्मेवार बनाएको परिप्रेक्षमा संस्थापक शेयरधन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7769वि.सं. २०६३विशेष इजलास

उत्प्रेषण

§ कुनैपनि बिदा दिने वा नदिने, के कसरी कति दिन दिने भन्ने विषय सरकारी निकाय तथा सार्वजनिक संस्थाको कामको प्रकृति, संस्थाको उद्देश्य तथा नीति र आवश्यकतासँगसम्बन्धित विषय भएकोले सबै सरकारी निकाय तथा सार्वजनिक संस्थामा उपलव्ध गराउने बिदाका सन्दर्भमा एकरूपता कायम ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7768वि.सं. २०६३संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्यज्यान

§ फौजदारी मुद्दाका वादीले पहिलो कुरा अपराधै भयो भएन सो कुरा अपराध भएको भन्ने संकारहित तवरबाट प्रमाणित भएपछि कसै उपर अभियोग लगाई मुद्दा चलाईन्छ भने त्यसरी मुद्दा चलाईएको व्यक्ति उपर संकारहित तवरबाट अभियोग प्रमाणित गर्नु पर्ने । § शंकाको भरमा वा अपराध भएको सुनेक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7767वि.सं. २०६३संयुक्त इजलास

ठगी

§ विगो भराउने गरी भएको फैसलाको कार्यन्वयनमा कसूरदार एकजना मात्रै वा सो भन्दा वढी जतिसुकै भएतापनि विगोको परिमाणमा कुनै अन्तर आउने अवस्था नरहने । § एक जना मात्र कसूरदार भएमा एक्लैले सवै विगो भराउनु पर्ने हुन्छ भने धेरै जना कसूरदार भएमा जसले जती विगो लिए खाएको दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7766वि.सं. २०६३संयुक्त इजलास

अंश दर्ता

§ जिल्ला प्रशासन कार्यालयबाट लिएको नं. २७६०।८२० को नागरिकताको प्रमाणपत्रमा निजको जन्ममिति २०१८।१।२८ भनी उल्लेख भएको देखिंदा फिराद दायर गर्दाका अवस्थामा वादी ३५ वर्ष नपुगेको भन्ने नदेखिने । § प्रतिवादीहरुले उमेर सच्याई ३५ वर्ष पुर्‍याएको भनी जिकिर लिएकोमा आधिका…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7765वि.सं. २०६३संयुक्त इजलास

अदालतको अपहेलनामा सजाय गरी पाऊँ

§ अदालतको फैसला वा आदेशको पालना नहुने र त्यस्तो कार्यलाई नजर अन्दाज गर्दै जाने हो भने अदालत प्रतिको जन आस्थामा कमि आउनुको साथै न्याय प्रतिको जनविश्वास समेत हराउँदै जाने खतरा हुनजाने । § न्याय प्रतिको आस्थाको धरोहरलाई वचाई राख्न र नागरिकको मौलिक हक अधिकारको रक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7764वि.सं. २०६३संयुक्त इजलास

कर्तव्यज्यान

§ प्रेम सम्बन्धको जरिया बनाई यी प्रतिवादीहरुले आरोपित कसूर गरेको हुन भनी प्रहरी समक्ष भएको साविती बयानकै भरमा कर्तव्य ज्यान जस्तो अ0पराधमा दोषि करार गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५०) § सावितीलाई स्वतन्त्र प्रमाणले पुष्टि गरी आरोपित कसूरमा प्रतिवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7763वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण, परमादेश

§ नेपाल सरकार स्वयंले पनि धर्मपुत्र तथा धर्मपुत्रीसम्बन्धी साविकको कानूनी व्यवस्थामा समयानुकूल परिवर्तन गर्नुपर्ने कुरा महसुस गरेको अवस्था देखिएको परिप्रेक्ष्यबाट विचार गर्दा सरकारले धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी कानूनी व्यवस्थालाई सुधार र परिमार्जन गर्न नचा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7762वि.सं. २०६३संयुक्त इजलास

जवर्जस्ती करणी  ।

जवरजस्ती करणी

§ पीडितले वकपत्र गर्दा लिंग पसाएको भनि वकपत्र गरेपनि Laboratory Examination मा Sparmatazoa नदेखिएको, करणी भएको यकिन हुने अन्य ठोस सवुद रहेको नदेखिएको Labia Masora मा घर्षण सम्म भएको तथा विशेषज्ञको परिक्षण प्रतिवेदनको निष्कर्षमा “जवर्जस्ती करणी गर्न खोजिएको” भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7761वि.सं. २०६३संयुक्त इजलास

अंश चलन  ।

अंश चलन

§ विगत लामो समयदेखि जग्गाको विक्री गर्दा एकलौटी किसिमबाट भएको र १९९९ साल देखिनै एक आपसमा नामसारी दर्ता वदर समेत विभिन्न मुद्दाहरु परि रहेको सन्दर्भबाट यी वादी प्रतिवादीहरु एकासँगोलका अशियार रहेछन् भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.२३) § वादी प्रतिवादीको स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7760वि.सं. २०६३संयुक्त इजलास

अंश चलन

§ हाम्रो प्रचलित कानूनमा कंही पनि बाबुआमा वाहेक अरु घरको मुख्य हुन सक्दैन भनेर किटान गरिएको छैन । अंशवण्डाको १० नं. को कानूनी व्यवस्था घरको मुख्यको रुपमा बाबुआमा रहेको अवस्थाको हकमा मात्र हो । जुन परिवारमा अंशवण्डा नभएका सगोलका अंशियार मध्ये बाबुआमा घरको मुख्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7759वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश ।

§ विवादको निरुपण वा न्याय प्राप्तिको निमित्त पक्ष विपक्षहरु अदालत प्रवेश गर्दछन । अदालत प्रवेश गरेका विवादहरुमा खुला इजलासमा सुनुवाई गरी पक्ष विपक्षको भनाई, पेश गरेका प्रमाणहरुको मूल्यांकन गरी विवादको निरुपण हेतु अदालतबाट कानून बमोजिम फैसला वा आदेशहरु हुन्छन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7758वि.सं. २०६३संयुक्त इजलास

सवारी कर्तव्य ज्यान

§ सवारी दुर्घटनामा मृत्यु हुने व्यक्तिको हकवालाले पाउने क्षतिपूर्तिवापतको दायित्व पूरा गर्ने जिम्मेवारी आधारभूत रुपमा सवारी चालकको नभै सवारीधनी वा व्यवस्थापकको नै हुने । § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) ले क्रिया खर्च र क्षतिपूर्ति बिमा न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7757वि.सं. २०६३विशेष इजलास

नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१),(२) बमोजिम उत्प्रेषण परमादेश समेत जारी गरिपाऊँ ।

§ नेपाल पक्ष भएका सन्धिहरू कानून सरह लागु हुन सक्छन, तर कानून नै भनिहाल्न नमिल्ने । § कानून हुनु र कानून सरह लागू हुनु दुई पृथक कुरा हुन् । कुनै कुरा कानून सरह लागू हुन्छ भन्दैमा सबै सन्दर्भमा सबै प्रयोजनको निमित्त त्यसलाई वैधानिक प्रक्रियाद्धारा निर्मित कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7756वि.सं. २०६३विशेष इजलास

उत्प्रेषण परमादेश

§ संविधानको धारा १२(२)(ङ) को दावी लिंदा निवेदकले निजको पेशा, रोजगार, उद्योग वा व्यापार गर्ने स्वतन्त्रतामा यो यस तरीकाबाट अनुचित वाधा पुग्न जान्छ वा पुगेको छ भनी देखाउन सक्नुपर्छ । त्यस्तो कुनै अवस्था देखाउन नसकेको स्थितिमा निवेदकको मौलिक हक हनन भएको भन्ने निव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7755वि.सं. २०६३विशेष इजलास

उत्प्रेषण समेत

§ कुनै निजामती कर्मचारीको मृत्यु भएमा कस्ले निवृत्तिभरण पाउने भन्ने प्रश्न मृत निजामती कर्मचारीसँगको नातासम्बन्ध, पालनपोषण सम्बन्धमा निजको दायित्व र इच्छा आदि कुराहरुद्वारा निर्धारीत हुने । § नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को उपधारा १ को सबै नागरिक क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7754वि.सं. २०६३एक न्यायाधीशको इजलास

उत्प्रेषण ।

वेरीतको दरपीठ आदेश बदर गरी पाऊँ

§ कानूनले जव विदेशी कुटनैतिक प्रतिनिधीहरुलाई कानूनको क्षेत्राधिकारबाट बाहेक राखी उन्मूक्ति दिएको छ वा कानूनको पहुँचबाट वाहिर राखेको छ भने त्यस्तोमा अदालतले उनीहरु विरूद्ध मुद्दा लिई हेर्न मिल्दैन, हेरिएमा अधिकारक्षेत्रको अतिक्रमण हुने । § निवेदकले कुटनैतिक उन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7753वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण समेत

§ कुनै सँग ठन वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारहरुको हकमा श्रम ऐनको व्यवस्था आकर्षित नगर्ने हो भने त्यस्तो अभिप्राय कानूनमा नै स्पष्ट रुपमा अभिव्यक्त गर्नुपर्ने हुन्छ र त्यस्तो अभिप्राय स्पष्ट रुपमा व्यक्त गरिएकोमा बाहेक खास प्रतिष्ठान वा सँग ठनमा क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7752वि.सं. २०६३संयुक्त इजलास

कर्तव्य ज्यान

§ हदैसम्म सजाय गर्दा वा हदैसम्म सजाय नगरी आधा वा कम सजाय गर्दा किन हदैसम्म सजाय गरेको वा किन हदैसम्म सजाय नगरी आधा वा कम सजाय गरिएको हो त्यसलाई पुष्टि गर्ने आधार र कारणले समर्थन गर्नु पर्ने । (प्रकरण नं.४७) § अ.वं. १८८ नं. बमोजिम सजाय घटाउँदा वा नघटाई हदैसम्मक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7751वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण, परमादेश

§ अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सजाय किटी विभागीय कारवाही गर्न लेखी पठाएको आयोगको पत्र अख्तियार दूरुपयोग अनुसन्धान आयोग ऐनको दफा १२(१) र यस अदालतबाट प्रतिपादित नजीर विपरीत भएकोले सो पत्रको आधारमा निवेदकलाई भएको विभागीय कारवाही उत्प्रेषणको आदेशद्धारा बदर ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7750वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण, परमादेश

§ निजामती सेवा ऐनका दफा ३५(२) र दफा ३७(३) अलग–अलग व्यवस्था र छुट्टा छुट्टै प्रयोजनका लागि बनेका र एउटा दफाले प्रदान गरेको सुविधा पाएपछि अर्को दफाले दिएको सुविधा पाउँदैन भनी अर्थ गर्न उक्त दफामा प्रयुक्त शव्दावलीले समेत नमिल्ने । § निजामती सेवा ऐन, २०४९ को दफा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7749वि.सं. २०६३संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्यज्यान

§ मतियार साक्षीको रुपमा लिन सह–अभियुक्तलाई सजायबाट छुट दिई वा अभियोग नलगाई सरकारी पक्षको गवाह (Approver) को रुपमा प्रस्तुत गरिएको हुनु पर्ने देखिन्छ । अन्यथा एकसाथ अभियोग लगाईएको सहअभियुक्तलाई सक्षम साक्षीको रुपमा राख्न र प्रमाणमा लिन नसकिने । (प्रकरण नं.३९) §…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7748वि.सं. २०६३संयुक्त इजलास

बकसपत्र बदर

§ शेषपछिको वकसपत्रको लिखतमा उल्लेखित शर्तबमोजिम विवादित लिखतको भावना र राखेको शर्त पूरा भएको हुनपर्छ । उल्लेखित शर्त पूरा भएको छैन भने त्यस्तो लिखत वदरयोग्य (Voidable) हुने । § शेषपछिको वकसपत्रको शर्तले कुनै एकको सेवा टहल र मृत्युपछि निजको भाग जति खण्डित गरी व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7747वि.सं. २०६३संयुक्त इजलास

उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।

§ कुनै पनि व्यक्तिले आफ्नो हक भोगको सम्पत्ति कानूनले व्यवस्था गरे बमोजिम उपयोग गर्ने, भोग गर्ने वेच विखन गर्ने वा अन्य कारोवार गर्न पाउने हुन्छ । Eminent Domain को विधिशास्त्रिय अवधारणा अनुसार राज्यले व्यक्तिगत सम्पत्तिको अधिग्रहण, प्राप्ति वा सो उपर अधिकारको…

नजिर सार पढ्नुहोस् →