नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7768 · वि.सं. २०६३
नि.नं. 7768 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फौजदारी मुद्दाका वादीले पहिलो कुरा अपराधै भयो भएन सो कुरा अपराध भएको भन्ने संकारहित तवरबाट प्रमाणित भएपछि कसै उपर अभियोग लगाई मुद्दा चलाईन्छ भने त्यसरी मुद्दा चलाईएको व्यक्ति उपर संकारहित तवरबाट अभियोग प्रमाणित गर्नु पर्ने । § शंकाको भरमा वा अपराध भएको सुनेको भन्ने Hear Say Evidence को भरमा वा अदालतलाई ग्राह्य नहुने प्रमाणको भरमा मात्र राज्यले कसै उपर अभियोग लगाई मुद्दा चलाउन नहुने । § वारदात प्रतिवादीहरुको संलग्नतामा भएको भन्ने प्रत्यक्ष प्रमाण वा परिस्थितीजन्य वा कुनै अन्य प्रमाण पनि नभएको अवस्थामा मुद्दानै चल्न नसक्ने अवस्थाको प्रतिवादीहरुलाई मुद्दा चलाई पुनरावेदन सुन्ने अदालतबाट समेत सफाई दिए उपर वादी नेपाल सरकारले चित्त बुझाई बस्नु पर्नेमा अझ सँजाय हुनुपर्छ भनी वादीले गरेको पुनरावेदन जिकिर उपर सहमती हुन नसकिने । § फौजदारी मुद्दामा वादी राज्य पक्ष हुने हुनाले राज्यले पुनरावेदन गर्ने अधिकारका सम्वन्धमा हाम्रो कानूनले वादी र प्रतिवादीलाई समान पुनरावेदन गर्ने अधिकार दिएको छ । पुनरावेदन गर्ने अधिकार कानूनले प्रदान गरेको छ भन्दैमा प्रमाण सुन्य मुद्दामा समेत पुनरावेदन गर्ने वर्तमान परिपाटी राज्यले अन्त्य गर्ने तर्फ ध्यान दिनुपर्ने । § पुनरावेदन गरी मुद्दा लम्व्याउने भन्दा कहाँ के किन र कस्तो त्रुटीले गर्दा राज्यले मुद्दा हार्न गयो भन्ने तर्फ सुधार गरेपछि यस अदालत एवं राज्य दुवैको अमुल्य समय खेर नजाने । (प्रकरण नं.३३) § सजायको माग गरी पुनरावेदन दावी लिएका यी प्रतिवादीहरुलाई अभियोगमा सजाय गर्न तथ्य प्रमाणको अभाव देखिएको र सफाई दिने गरी भएको पुनरावेदन फैसलालाई यस अदालतबाट फौ.पु.नं. ३०७९ को कर्तव्य ज्यान मुद्दामा मिति २०६०।२।१९ मा सदर ठहरी फैसला समेत भैसकेको देखिदा यी प्रतिवादीहरुलाई सफाई दिने गरी भएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिदा सदर हुने । (प्रकरण नं.३४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7768 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2063/08/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वलराम के.सी | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7768 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
