नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7760 · वि.सं. २०६३

नि.नं. 7760 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हाम्रो प्रचलित कानूनमा कंही पनि बाबुआमा वाहेक अरु घरको मुख्य हुन सक्दैन भनेर किटान गरिएको छैन । अंशवण्डाको १० नं. को कानूनी व्यवस्था घरको मुख्यको रुपमा बाबुआमा रहेको अवस्थाको हकमा मात्र हो । जुन परिवारमा अंशवण्डा नभएका सगोलका अंशियार मध्ये बाबुआमा घरको मुख्य हुदैनन् त्यस अवस्थामा समेत अंशवण्डाको उक्त १० नं. को कानूनी व्यवस्था आकर्षित हुन्छ भन्न नमिल्ने । (प्रकरण नं.१८) § हाम्रो सामाजिक वनोटको कारण घर परिवारको मुख्य अवस्थानुसार बाबु, आमा, लोग्ने, जेठो छोरा हुने गर्दछन् तर यस क्रम विपरीत परिवार चलाउने खुवी भएको अन्य सदस्य घरको मुख्य हुदैन भन्ने कुनै पक्का नियम वा कानून नदेखिने । § हाम्रो प्रचलित कानूनमा लेनदेन व्यवहारको ८ नं. ले पनि सो ऐनद्धारा निर्धारित योग्यता भएका परिवारका जो कोही सदस्य पनि घरको मुख्य हुन सक्ने अवस्था देखिन्छ । त्यसो हुँदा बाबुले छोरासँग अंश माग्न मिल्दैन भन्ने भनाई वा मान्यता युक्तिसँगत एवं तर्कसँगत नहुने । (प्रकरण नं.१९) § प्रस्तुत मुद्दाको सन्दर्भमा आफूले आफ्नो जिवनकालमा आर्जित सम्पत्तिको सम्पूर्ण हिस्सा एकासगोलको आफ्नै छोराहरुको नाममा राखी दिएकोमा उनै छोराहरुले खान लाउन नदिई घरबाट निकाली दिएको अवस्थामा केवल कानूनी व्यवस्थामा पिताले छोराहरुबाट अंश माग्ने कानून नभएको भन्ने कारणले मात्र अंश जस्तो नैसर्गिक हकबाट वन्चित गर्न नमिल्ने । (प्रकरण नं.२०) § अंशवण्डाको १८ नं. को कानूनी व्यवस्था हेर्दा मानो नछुटिई सँग बसेका अंशियार छन भने जुनसुकै अंशियारले सँगोलको सम्पत्तिबाट वा सँगोलको खेती उद्योग व्यापार व्यवसायबाट बढे बढाएको सँगोलको आर्जन र लेनदेन व्यवहारको महलको ८ नं. बमोजिम लगाएको ऋण सबै अंशियारलाई भाग लाग्छ भन्ने समेतको कानूनी व्यवस्था छ प्रस्तुत मुद्दाको सन्दर्भमा त पिता आफैले दावीका सम्पत्तिहरु जोडेको अवस्था भएबाट यस्तो अंशवण्डाको २ र १८ नं. अनुसार सँगोलका सबै अंशियार वीच भाग लाग्ने संम्पत्तिबाट वादीहरुलाई विमुख गर्न नमिल्ने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7760
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2063/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री पबनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7760
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्