नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7761 · वि.सं. २०६३

नि.नं. 7761 — अंश चलन  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विगत लामो समयदेखि जग्गाको विक्री गर्दा एकलौटी किसिमबाट भएको र १९९९ साल देखिनै एक आपसमा नामसारी दर्ता वदर समेत विभिन्न मुद्दाहरु परि रहेको सन्दर्भबाट यी वादी प्रतिवादीहरु एकासँगोलका अशियार रहेछन् भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं.२३) § वादी प्रतिवादीको संयुक्त रुपमा दर्ता रहेको गुठी जग्गा गुठी कार्य सन्चालन गरी वाँकी दर्तावालाहरुले संयुक्त रुपमा खान पाउने भै वण्डा समेत नलाग्ने हुंदा सो गुठी जग्गाहरु संयुक्त नाममा भएकै आधारमा वादी प्रतिवादीहरु एका सँगोलमा भएको भन्न नमिल्ने । § वादी प्रतिवादीहरु विच छुटि भिन्न भएको पारित लिखतको अभाव भएतापनि व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरुका बाबु बाजे अगाडि देखिनै छुटि भिन्न भै अलग अलग वसी भोग विक्रि व्यवहार गरी वसेका देखिएको र मुलुकी ऐन अंशवण्डाको ३० नं. ले व्यवहार प्रमाणबाट छुटि भिन्न भएको देखिएको अवस्थामा वण्डा लिखत नै हुनु पर्ने अनिवार्यता नहुने । § अंशवण्डाको ३० नं. को पुर्व शर्त र तिरो फुटेको प्रमाण र रोष दोष नमिलेको भन्ने समेतको अभावमा वादी दावी पुग्न नसक्ने ठहर्याएको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला त्रुटिपूर्ण भनी मुद्दा दोहोर्याउने निस्सा प्रदान गरेको आदेशसँग सहमत हुन नसकिने । (प्रकरण नं.२४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7761
मुद्दाको विषयअंश चलन  ।
निर्णय वर्ष / मिति2063/07/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7761
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्