नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7767 · वि.सं. २०६३
नि.नं. 7767 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विगो भराउने गरी भएको फैसलाको कार्यन्वयनमा कसूरदार एकजना मात्रै वा सो भन्दा वढी जतिसुकै भएतापनि विगोको परिमाणमा कुनै अन्तर आउने अवस्था नरहने । § एक जना मात्र कसूरदार भएमा एक्लैले सवै विगो भराउनु पर्ने हुन्छ भने धेरै जना कसूरदार भएमा जसले जती विगो लिए खाएको देखिन आउँछ त्यती विगो र त्यसरी अलग अलग परिमाण विगो लिए खाएको देखिन नआएमा दामासाहीले विगो भराउन पर्ने दायित्व प्रतिवादीहरुको रहने । (प्रकरण नं.३०) § सजाय सम्बन्धी कुनैपनि कानूनी प्रावधानको व्याख्या गर्दा ऐनको बनौट र विधायिकाको मनसायलाई मध्यनजर राख्नुपर्ने हुन्छ । प्रत्येक फौज्दारी अपराधको प्रकृति फरक हुन्छ र अपराधको प्रकृति अनुसार विधायिकाले निर्धारित गरेको सजाय गर्नु वा निर्धारित सीमा भित्र रही सजाय गर्ने काम निर्णयकर्ताको हुने । § कसूरदार एउटै व्यक्ति भएमा उपरोक्त जरीवाना उसैलाई हुन्छ भने एक भन्दा वढी कसूरदार भएमा सोही सजाय दामासाहीबाट हुने कुरा निश्चित र स्पष्ट छ । यसर्थ ठगीको ४ नं अनुसारको जरीवाना र कैद प्रतिवादीहरुलाई जनही हुनुपर्ने भन्ने पुनरावेदक वादीको पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्रकरण नं.३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7767 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2063/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वद्रीकुमार वस्नेत | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7767 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
