नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7748 · वि.सं. २०६३

नि.नं. 7748 — बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शेषपछिको वकसपत्रको लिखतमा उल्लेखित शर्तबमोजिम विवादित लिखतको भावना र राखेको शर्त पूरा भएको हुनपर्छ । उल्लेखित शर्त पूरा भएको छैन भने त्यस्तो लिखत वदरयोग्य (Voidable) हुने । § शेषपछिको वकसपत्रको शर्तले कुनै एकको सेवा टहल र मृत्युपछि निजको भाग जति खण्डित गरी वकसपत्रमा उल्लिखत सम्पती हस्तान्तरण हुनसक्ने भन्ने देखिदैन । शेषपछिको वकसपत्रको स्वरुपले वकसपत्र गरिदिने र निजको धर्मपत्नीको अलगअलग अस्तित्व कायम गरी विवादित शेषपछिको वकसपत्र गरिदिएको भन्ने देखिदैन । शेषपछिको वकसपत्र गरिलिनेले सो वकसपत्रमा उल्लेखित सम्पत्ति प्राप्त गर्न दुवैको हकमा सम्पन्न हुने कार्यको स्वरुपलाई एकरुपमा राखेको पाइने । § विवादित लिखतको प्रमुख शर्तमा रहेको वादीको जीवन काल सम्म वकसपत्र गरिदिने निजको पतिको मृत्युले मात्र शेषपछिको वकसपत्र क्रियाशिल हुने अवस्था नदेखिने । § वकसपत्रको शर्त अनुसार निजको सेवा टहल पुनरावेदक प्रतिवादीले नगरेको कारण देखाई वकसपत्र गरिदिनेको संयुक्त हकवाला विपक्षी वादी श्रीमती रैसा मुसलमानले आफ्नो जीवनकालमा उक्त शेषपछिको वकसपत्रमा उल्लेखित शर्तको पालन नगरेको कारण मुलुकी ऐन दान वकसको महलको २ नं. बमोजिम वदर गराउन नपाउने भन्ने नदेखिने । (प्रकरण नं. १४) § शेषपछिको वकसपत्रको मुख्य भाव आफ्नो र श्रीमतीको सेवा टहल हुनु पर्ने र शेषपछिको वकसपत्र क्रियाशिल हुन दुवैको मृत्यु हुनुपर्ने भएकोले खण्डित अर्थ गर्न मिल्ने नदेखिने । (प्रकरण.१५) § अतः शेषपछिको वकसपत्रमा उल्लिखित शर्त अनुसार लिखत गरिदिनेको मृत्यु भएपनि निजको जीवित पत्नी प्रत्यर्थी वादी रैसा मुसलमानलाई पुनरावेदक प्रतिवादीले शेषपछिको वकसपत्रको लिखतमा उल्लिखित शर्तअनुसार सेवा टहल गर्नुपर्ने नगरेको कारण देखाई आफ्नो जीवन कालमा विवादित शेषपछिको वकसपत्र वदर गराई लिन पाउने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7748
मुद्दाको विषयबकसपत्र बदर
निर्णय वर्ष / मिति2063/08/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7748
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्