नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7762 · वि.सं. २०६३

नि.नं. 7762 — जवर्जस्ती करणी  ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पीडितले वकपत्र गर्दा लिंग पसाएको भनि वकपत्र गरेपनि Laboratory Examination मा Sparmatazoa नदेखिएको, करणी भएको यकिन हुने अन्य ठोस सवुद रहेको नदेखिएको Labia Masora मा घर्षण सम्म भएको तथा विशेषज्ञको परिक्षण प्रतिवेदनको निष्कर्षमा “जवर्जस्ती करणी गर्न खोजिएको” भन्ने उल्लेख भएको अवस्थाबाट पीडित उपर जवर्जस्ती करणीको वारदात भएको नदेखिई सो को उद्योग सम्म भएको देखिन आउने । (प्रकरण नं.२१) § प्रतिवादीले लिएको अन्यत्र रहेको जिकिर (Plea of alibi) लाई कुनै सवुद प्रमाणबाट निजले प्रमाणित गर्न सकेको देखिदैन । कुनै विश्वसनीय र वस्तुगत आधार प्रमाणबाट खम्वीर गराउन नसकेको अन्यत्र रहेको जिकिरलाई प्रमाणको रुपमा लिन नमिल्ने । (प्रकरण न.२२) § जाहेरवाला प्रत्यक्षदर्शी नभएपनि निज अन्यत्रबाट घर आउँदा घर परीवारले वताए बमोजिम आफूले जाहेरी दिएको र निजको किटानी जाहेरीलाई निज स्वयं अदालतमा उपस्थित भै वकपत्र गरी पुष्टी गरि दिएको देखिन्छ । १४ वर्षीय वालिका आफ्नै सामाजिक मान प्रतिष्ठामा आँच आउने गरी यी प्रतिवादीलाई जवर्जस्तीकरणीको आरोप लगाउनु पछाडि कुनै भरपर्दो कारण रहेको तथ्य समेत प्रतिवादीले खुलाउन सकेको अवस्था छैन । यसबाट जवर्जस्ती करणीको उद्योगको वारदातमा यिनै प्रतिवादीको संलग्नता रहेको पुष्ट हुन आउने । (प्रकरण नं.२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7762
मुद्दाको विषयजवर्जस्ती करणी  ।
निर्णय वर्ष / मिति2063/09/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7762
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्