नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7753 · वि.सं. २०६३

नि.नं. 7753 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै सँग ठन वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारहरुको हकमा श्रम ऐनको व्यवस्था आकर्षित नगर्ने हो भने त्यस्तो अभिप्राय कानूनमा नै स्पष्ट रुपमा अभिव्यक्त गर्नुपर्ने हुन्छ र त्यस्तो अभिप्राय स्पष्ट रुपमा व्यक्त गरिएकोमा बाहेक खास प्रतिष्ठान वा सँग ठनमा काम गर्नेहरुलाई श्रम ऐनको प्रावधान आकर्षित नहुने भनी अनुमानित तर्क गर्न नमिल्ने । § श्रम नियमावलीले नै स्पष्टरुपले प्रतिष्ठानमा कार्यरत कामदार वा कर्मचारीको संचित रबिदा र बिरामी विदा वापत रकम पाउने व्यस्था गरेको देखिन्छ । साथै निवेदक कार्यालय र विपक्षी बीच सम्पन्न भएको भनिएको करारमा संचित घरबिदा तथा बिरामी बिदा बापतको रकम नपाउने भनी उल्लेख भएको नदेखिदा कानून वा करारले कुनै सुविधा दिन स्पष्टरुपले बन्चित गरको अबस्थामा बाहेक कामदार कर्मचारीको हकको पक्षमा व्याख्या गर्नुपर्ने । (प्रकरण नं.१०) § कुनै कर्मचारी वा कामदारले आफु कार्यरत रहेको बेलामा संचित गरेको घरबिदा लगायतका आर्जित हक सुविधा वापतको रकम नपाउने भनि स्पष्ट किटानी व्यबस्था भएको स्थितिमा बाहेक त्यस्तो आर्जित हक सुविधा नपाउने भनी त्यसको नकारात्मक अर्थ गर्न नमिल्ने । (प्रकरण नं.११) § निवेदक कार्यालयमा १० जना भन्दा वढी कामदार वा कर्मचारी कार्यरत रहेको भन्ने देखिरहेको हुँदा निवेदक कार्यालय श्रम ऐन, २०४८ को दफा २ (ख) ले गरेको प्रतिष्ठानको परिभाषा भित्र पर्ने नै देखिदा यी निवेदक केन्द्रलाई श्रम ऐन तथा नियमावली लागु नै नहुने भन्ने नदेखिने। (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7753
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/07/14
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7753
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्