नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7764 · वि.सं. २०६३
नि.नं. 7764 — कर्तव्यज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रेम सम्बन्धको जरिया बनाई यी प्रतिवादीहरुले आरोपित कसूर गरेको हुन भनी प्रहरी समक्ष भएको साविती बयानकै भरमा कर्तव्य ज्यान जस्तो अ0पराधमा दोषि करार गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रकरण नं.५०) § सावितीलाई स्वतन्त्र प्रमाणले पुष्टि गरी आरोपित कसूरमा प्रतिवादीहरुको नै संलग्नता रहेको कुरा प्रमाणित गर्ने प्रमाणको भारलाई त्यस्तो प्रमाणको अभावमा जिकिर लिएकै आधारमा प्रतिवादीहरुलाई सजाय गर्नु फौज्दारी न्यायको सिद्धान्तले पनि आत्मसात नगर्ने । (प्रकरण नं.५१) § छोरीसँग प्रेम सम्बन्ध रहेकै कारणबाट मृतकलाई मार्नु पर्ने अवस्था परी सो कर्तव्यमा निजको संलग्नता रहेको भनी जाहेरीमा नामाङ्कन गर्दैमा ज्यान सम्बन्धी महलको १३(३) नं.अनुसारको कसूरमा यी प्रतिवादीलाई सजाय गर्न न्यायोचित नहुने । (प्रकरण नं.५२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7764 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान |
| निर्णय वर्ष / मिति | 2063/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7764 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
