नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7755 · वि.सं. २०६३

नि.नं. 7755 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै निजामती कर्मचारीको मृत्यु भएमा कस्ले निवृत्तिभरण पाउने भन्ने प्रश्न मृत निजामती कर्मचारीसँगको नातासम्बन्ध, पालनपोषण सम्बन्धमा निजको दायित्व र इच्छा आदि कुराहरुद्वारा निर्धारीत हुने । § नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११ को उपधारा १ को सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन्, कानूनको समान संरक्षणबाट कसैलाई बञ्चित गरिने छैन भन्ने व्यवस्थाले समान अवस्थामा रहेका समान व्यक्तिमा कानूनको समान प्रत्याभूति गरेबाट त्यसलाई विभिन्न परिस्थितिका कारण कुनै खास व्यक्तिलाई इच्छ्याएको अवस्थालाई समानताको प्रश्नसँग गाँसेर हेर्न उपयुक्त नदेखिने । (प्रकरण नं.१३) § प्रस्तुत विवादमा मृत कर्मचारी विद्युतराज चालिसेले आफ्नी श्रीमती हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको अवस्था मिसिल संलग्न प्रमाणहरुबाट देखिन आएको छ । यसरी इच्छ्याइएको व्यक्ति निजामती सेवा ऐन, २०४९ को दफा ३९(६) ले निर्दिष्ट गरेको परिधिभित्रकै व्यक्ति भएको र कानूनले इच्छ्याउन पाउने अधिकार प्रदान गरे अनुरुप इच्छ्याएको अवस्थामा इच्छ्याएको व्यक्तिले नै निवृत्तिभरणको अधिकार पाउने कानूनी व्यवस्था रहने । (प्रकरण नं.१४) § निजामती सेवा ऐन, २०४९ को दफा ३९ को उपदफा (६) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) सँग बाझिएको नदेखिनुका अतिरिक्त निवेदीकाका पति विद्युतराज चालिसेले निजामती सेवा ऐन २०४९ को दफा ३९(६) बमोजिम हेमलक्ष्मी चालीसेलाई इच्छ्याएको र सो बमोजिम निजामती कितावखानाले निज हेमलक्ष्मी चालीसेले निवृत्तिभरण पाउने गरी गरेको निर्णय र प्रदान गरेको अधिकारपत्र कानून प्रतिकूल नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरिरहनु नपर्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7755
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2063/06/26
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7755
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्