नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7766 · वि.सं. २०६३

नि.नं. 7766 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जिल्ला प्रशासन कार्यालयबाट लिएको नं. २७६०।८२० को नागरिकताको प्रमाणपत्रमा निजको जन्ममिति २०१८।१।२८ भनी उल्लेख भएको देखिंदा फिराद दायर गर्दाका अवस्थामा वादी ३५ वर्ष नपुगेको भन्ने नदेखिने । § प्रतिवादीहरुले उमेर सच्याई ३५ वर्ष पुर्‍याएको भनी जिकिर लिएकोमा आधिकारीक निकायबाट कानून वमोजिम प्राप्त गरेको नागरिकतामा उल्लेखित जन्ममितिलाई प्रस्तुत मुद्दाबाट अन्यथा हो भन्न नमिल्ने । § मुलुकी ऐनमा एघारौ सशोधन (२०५९।६।१०) हुनु अगाडि अंशवण्डाको १६ नं मा छोरीले छोरा सरह अंश प्राप्त गर्नका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था भएपनि हालको अबस्थामा छोरीले अंश प्राप्त गर्नको लागि त्यस्तो उमेरको हद शर्त वन्देज नभएको र वादीको वैवाहिक स्थितीमा परिवर्तन भएको भन्ने प्रतिवादीहरुको जिकिर नरहेको अवस्थामा उमेर नपुगेको कारणबाट वादीले अंश नपाउने भन्ने प्रतिवादीहरुको पनरावेदन जिकिर पनि पुग्न नसक्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7766
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2063/07/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7766
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्