नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7747 · वि.सं. २०६३
नि.नं. 7747 — उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पनि व्यक्तिले आफ्नो हक भोगको सम्पत्ति कानूनले व्यवस्था गरे बमोजिम उपयोग गर्ने, भोग गर्ने वेच विखन गर्ने वा अन्य कारोवार गर्न पाउने हुन्छ । Eminent Domain को विधिशास्त्रिय अवधारणा अनुसार राज्यले व्यक्तिगत सम्पत्तिको अधिग्रहण, प्राप्ति वा सो उपर अधिकारको सिर्जना (Requisiton, Acquisition and creation of Encumbrance) गर्न सक्ने । § व्यक्तिगत सम्पत्तिको अधिग्रहण, प्राप्ति वा अधिकारको सिर्जना सार्वजनीक हितको लागि मात्र हुनु पर्ने र त्यसो गर्दा सम्पत्तिको मनासिव क्षतिपूर्ति दिइनु पर्ने स्थापित मान्यता हुने । (प्रकरण नं.१३) § निवेदकहरुको हक स्वामित्वको जग्गा तितिरीवोटे फाईरिङ्ग रेन्जको इलाकाभित्र पार्ने भनी रक्षा मन्त्रालयबाट प्रकाशित सूचना र निजहरुका जग्गा कव्जा गर्ने समेतका काम कारवाही संविधानको धारा १७ विपरीत देखिन आउँदा उत्प्रेषणको आदेशबाट वदर गरी दिएको छ । अव निवेदकहरुका हकभोगका जग्गा उक्त फाइरिङ्ग रेन्जको इलाका वाहिर पारी निजहरुलाई सो जग्गा कानूनबमोजिम उपभोग गर्नबाट कुनै किसिमको हस्तक्षेप नगर्नु भनी विपक्षीहरुका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7747 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2063/07/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7747 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
