नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7758 · वि.सं. २०६३
नि.नं. 7758 — सवारी कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सवारी दुर्घटनामा मृत्यु हुने व्यक्तिको हकवालाले पाउने क्षतिपूर्तिवापतको दायित्व पूरा गर्ने जिम्मेवारी आधारभूत रुपमा सवारी चालकको नभै सवारीधनी वा व्यवस्थापकको नै हुने । § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) ले क्रिया खर्च र क्षतिपूर्ति बिमा नगराएको भए तेश्रो पक्षले पाउने दुर्घटना बिमा वापतको रकम सवारी चालक, सवारीधनी वा व्यवस्थापकबाट भराई दिनुपर्ने व्यवस्था रहेकोबाट क्षतिपूर्तिको रकम तिर्नुपर्ने दायित्व केबल सवारी चालक मात्रको भन्न नमिल्ने । § मृतकका हकवालाले क्षतिपूर्ति पाउने रकम वापत सवारीधनीले विमा गरेको अवस्थामा मृतकको हकवालाले क्षतिपूर्ति वापत पाउने रकम अन्ततः सो विमाबाट नै व्यहोरिने भएकोले सो दायित्व सवारी चालकको हो भनी अर्थ गर्नु कानूनसम्मत नहुने । § क्षतिपूर्ति वापतको रकम तिर्ने प्रयोजनका लागि तेश्रो पक्षको बीमा गरिसकेको अवस्थामा सो क्षतिपूर्ति वापत मृतकका हकवालाले पाउने रकम तिर्ने दायित्व सवारी चालकको नहुने हुँदा दफा १६६ मा उल्लेखित सवारी चालकले तिर्नुपर्ने“ भन्ने वाक्यांशले विमाबाट गरिपाउने त्यस्तो दायित्वलाई नजनाउने भएकाले रकम आफूले व्यहोर्नु नपर्ने भन्ने पुनरावेदन जिकिर मनासिव नदेखिने । (प्रकरण नं.२४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7758 |
|---|---|
| मुद्दाको विषय | सवारी कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2063/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7758 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
