नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7770 · वि.सं. २०६३

नि.नं. 7770 — उत्प्रेषण मिश्रित परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कम्पनीको प्रथम वार्षिक साधारण सभा भै संचालकको नियुक्ति नहुञ्जेलसम्मका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश २०६२ को दफा १७(१) अनुसार संचालकको नियुत्ति संस्थापकबाट हुने ब्यवस्थाले संस्थापक सदस्य बढी विशेष जिम्मेवार बनाएको परिप्रेक्षमा संस्थापक शेयरधनी र साधारण शेयरधनीलाई जिम्मेवारीको हिसावमा समान स्तर भनी मान्न नमिल्ने । (प्रकरण नं.१९) § बैंक तथा वित्तीय संस्थासम्बन्धी अध्यादेश, २०६२ को दफा ९ मा संस्थापक शेयरधनीले आफूले धारण गरेको शेयर ५ बर्षसम्म बिक्रि गर्न र धितो बन्धक राख्न नपाईने र त्यसपश्चात् राष्ट्र बैङ्कले तोकेको शर्तको अधिनमा रही शेयर बिक्रि गर्न धितो बन्धक राख्न सक्ने ब्यवस्था अनुसार राष्ट्र बैंकको २०६२।१२।१५ को निर्णय मनोमानी नभै कुनै खास उद्देश्य पूर्तिको निमित्त कानूनको अधिनमा गरेको देखिँदा संस्थापक शेयरधनी र साधारण शेयरधनी शेयरको हैसियत एकै हुँदा समानताको सिद्धान्त विपरीत शेयर तथा डिबेञ्चर बिक्रि गर्ने वा धितो राख्ने सम्बन्धमा असमान ब्यवहार गरियो भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.२४) § निवेदकले नेपाल राष्ट्र वैंकबाट जारी भएको २०६२।१२।१५ को परिपत्र नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१), १२(२) (ङ) र १७ संग वाझियो मात्र भन्नुभएको, वाझिएको कुरा पुष्टि हुन नआएको, वैंक तथा वित्तीय संस्था सम्बन्धी अध्यादेश, २०६२ को दफा ९(२) को ब्यवस्था बमोजिम नेपाल राष्ट्र बैंकले परिपत्र जारी गरेको र सो दफा ९ संविधानसंग बाझियो भन्ने निवेदन जिकिर नभएको सन्दर्भमा निवेदन माग वमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.२७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7770
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश ।
निर्णय वर्ष / मिति2063/10/18
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7770
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्