नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7792 · वि.सं. २०६३
नि.नं. 7792 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अपुताली पाउनेले अपुताली वापत पाउने सम्पत्ति आफ्नो नाममा नामसारी दा.खा गरी हक कायम गरी नलिएसम्म निजले त्यस्तो अपुताली सम्पत्ति खाइसकेको भनी मान्न नमिल्ने। § अपुतालीको १५ नं. मा अपुताली खान, पाउनेले अपुताली खान्न भने कर लाग्दैन भन्ने उल्लेख भएको र लेनदेन व्यवहारको २२ नं. ले समेत अपुताली नखानेलाई साहुले पक्रन हुदैन अपुताली खाएपछि साहु तिर्दिन भन्न पनि हुंदैन भन्ने उल्लेख भएबाट पनि अपुताली नखाएसम्म अपुताली खान पाउने हक भएकै आधारमा त्यस्तो व्यक्तिलाई साहुले पक्रन नमिल्ने । § प्रस्तुत मुद्दामा पनि शेर बहादुरको विवादित अपुतालीको सम्पत्ति प्रतिवादी शिवा कुमारीले आफ्नो नाउमा नामसारी गरी खाइसकेको भन्ने नदेखिंएको र निवेदन दिएको भन्ने उल्लेख गरेको भएपनि मिसिल संलग्न कागज प्रमाणबाट प्रतिवादी शिवा कुमारीले नामसारीको लागि मा.पो.का.मा निवेदन दिएको नभै सम्वन्धित गा.वि.स.बाट नामसारीको सिफारिश लिएको सम्म देखिएको र मालपोत कार्यालयबाट अपुतालीको सम्पत्ति प्रतिवादीको नाममा नामसारी दा.खा गर्ने सम्वन्धमा कुनै कार्य नभएकोमा पनि प्रतिवादीले अपुताली खाइसके सरह मानी लेनदेन व्यवहारको २२ नं. को प्रतिकूल भनी मुद्दा दोहोराउने निस्सा प्रदान गर्ने यस अदालतको आदेश अपुतालीको १५ नं. र लेनदेन व्यवहारको २२ नं समेतको विपरित देखिने । (प्रकरण नं. १८) § कसैले अपुताली खाएको अवस्थामा सो बाट ऋण असुल गर्ने साहुको हक अधिकार लोप हुन नसक्ने परिप्रेक्षमा यी प्रत्यर्थी प्रतिवादीले शेर बहादुरको सम्पत्ति आफुले नामसारी दा. खा गराई नलिएसम्म शेर बहादुरले गरेको लिखत बमोजिमको रकम भराई पाऊ भनी यी प्रतिवादी उपर वादीले फिराद गर्ने कुनै कानूनी आधार तत्काल विद्यमान नदेखिंदा प्रस्तुत मुद्दामा शेर बहादुरले गरिदिएको लिखत अनुसारको सावा व्याज रकम यी प्रतिवादीबाट भराई पाऊ भन्ने वादीको दावी कानून सम्मत नदेखिने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7792 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2062/11/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7792 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
