नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7779 · वि.सं. २०६३
नि.नं. 7779 — नागरिकता किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो साथमा रहेको नागरिकता सच्याएको, किर्ते गरेको पाइन्छ भने त्यो निर्दोषितापुर्ण छ भनी प्रमाणीत गर्ने भार पुनरावेदकको हुने । § विवादित नागरिकता प्रमाणपत्रमा सरकारी अड्डाको नाम लेखिएको अड्डाको छाप लागेको, सरकारी कर्मचारीको छाप र दस्तखत समेत भएको हुँदा सो नगारिकता प्रमाणपत्रलाई सरकारी कागज मान्नु पर्ने देखिन्छ । त्यस्तो सरकारी कागज जुनसुकै तरिकाले किर्ते गर्ने यी प्रतिवादीले कसूर गरेको मान्नु पर्ने र निजलाई कानून बमोजिम सजाय गर्नुपर्ने । § सरकारी कागज किर्ते गर्नेलाई कानूनबमोजिमको सजाय भन्नाले किर्ते कागजको १२ नं. अनुसार सरकारी अड्डाको छाप वा सरकारी काममा सरकारी कर्मचारीको छाप दस्तखत वा सो छाप दस्तखत भएको सरकारी कागज किर्ते गर्नेलाई यसै महलको यस नम्वरले हुने सजायमा एक वर्ष थप कैद हुन्छ भन्ने कानूनी व्यवस्था भए अनुसार प्रतिवादीलाई १ वर्ष कैद थप सजाय गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्थाको आधारमा किर्ते कागजको महलको ९ नं. बमोजिम सजाय गरेपछि ऐ.को १२ नं. बमोजिम १ वर्षको कैद सजाय समेत गर्नुपर्नेमा सो को दावी नपुग्ने भन्ने शुरुको इन्साफ त्यति हदसम्म उल्टी गरी प्रतिवादीलाई किर्ते कागजको १२ नं. बमोजिम १ वर्ष कैद सजाय समेत हुने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7779 |
|---|---|
| मुद्दाको विषय | नागरिकता किर्ते |
| निर्णय वर्ष / मिति | 2063/07/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वद्रिकुमार वस्नेत | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7779 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
