नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7772 · वि.सं. २०६३

नि.नं. 7772 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रस्तुत विवादमा पीडित बालिकाले प्रारम्भमा गरेको कागज र पछि गरेको बकपत्रको अन्तर्वस्तुका आधारभूत कुराहरुमा सँगति देखिएकोले बालिकाको वकपत्रको प्रमाणिक महत्वलाई गौण बनाएर मूल्याङ्कन गर्नुपर्ने नदेखिने । (प्रकरण नं.२७) § समयमा दिएको जाहेरी दरखास्तबाटै वारदातस्थलको सूरक्षा, अपराध गर्ने व्यक्तिको खोजी वा पक्राउमा तदारुकता तथा अपराधसँग सम्बन्धित चिज, वस्तु वा दशी प्रमाणको संरक्षण र संकलनमा समेत सहयोग पुग्न जाने । § बालबालिकाले कुनै प्रश्नको परिणाम र प्रकृति राम्रोसँग नबुझ्ने गरी गरिएको बाल अमैत्रीपूर्ण परंपरागत अदालती प्रणाली अनुरुपको जिरहमा व्यक्त भएको सानो तिनो कुरालाई मूल आधार लिनु भनेको अभियुक्त उपर कठोर फौजदारी दायित्व रहने जवरजस्तीकरणी जस्तो अपराध वा त्यसमा पनि ६ वर्षको अवोध नावालिका माथि गरिएको नृसंस र वर्वरतापूर्ण अपराधबाट अपराधीलाई उन्मुक्ति दिनु हुने । (प्रकरण नं.२८) § राज्य वा समाजमा विद्यमान आर्थिक, सामजिक, राजनीतिक, सांस्कृतिक भेदभाव र चेतनाको स्तर जस्ता तत्वहरुले यस विषयमा प्रत्यक्ष र परोक्ष दुवै रुपमा प्रभाव पारी रहेकै हुन्छन् । यूरोप र अमेरिका जस्ता पश्चिमा मूलुकहरुको सामाजिक अवस्था र हाम्रो जस्तो समाजको चेतनाको स्तर र अवस्थामा उस्तै सजगता र सक्रियताको अपेक्षा गर्न सकिन्न । यस्तो अवस्थामा हाम्रो फौजदारी न्याय प्रशासन संचालन गर्दा हाम्रै सामाजिक पृष्ठभूमिलाई आत्मसात गर्नु पर्दछ । आफ्नो सामाजिक पृष्ठभूमिलाई नजरअन्दाज गर्नु निश्चय पनि यथार्थ न्यायको लागि व्यवहारीक र उपयुक्त नहुने । (प्रकरण नं.२९) § जाहेरी दरखास्त यती घण्टा, वा दिन भित्र दिई सक्नु पर्ने भनी यान्त्रिक तवरबाट गणना गरी कठोरतापूर्वक निर्धारण गरिने हदम्याद जस्तो विषय भने होइन । अपराधको प्रकृती, समाजको चेतनाको स्तर, भौगोलिक अवस्था, पीडितको पारिवारिक पृष्ठभूमि, कसूरको पिडा, पीडित भएर पनि पीडित उपर नै धार्मिक वा सामाजिक कुसंस्कारको परिणाम स्वरुप पीडितलाई नै दागी बनाउने (Stigmatization) प्रवृत्तिको फलस्वरुप कसूरको जाहेर गर्ने वा नगर्ने भन्ने कुरामा नै दुविधा हुने मनोवैज्ञानिक दवाव (Psychological Stress) जस्ता तत्वहरुले यसमा प्रभाव पारिरहने । § एक दिन ढिलो गरी परेको जाहेरीबाट सवद्ध प्रमाणहरु नष्ट भई संकलन गर्न नसकिने अवस्था रहेको देखिएन । यस्तो समग्र स्थितिको विश्लेषणबाट ८ गतेको वारदातलाई लिएर १० गते परेको जाहेरी ढिलो गरी परेको भनी अन्यथा निष्कर्षमा पुग्न सकिने स्थिति प्रस्तुत मुद्दामा नदेखिने । (प्रकरण नं.३०) § जाहेरवाला घटनाको पीडित हुनु पर्ने वा घटना प्रत्यक्ष देखेको व्यक्तिनै हुनु पर्ने कानूनी अनिवार्यता समेत नहुँदा अपराध बारेको सम्पूर्ण तथ्य जाहेरी दरखास्तमा नै उल्लेख भएको हुनु पर्दछ भनी मान्न मिल्ने अवस्था नहुने । (प्रकरण नं.३१) § अविश्वासनीय र प्रमाणित नभएको अन्यत्र गएको भन्ने जिकिरका भरमा प्रतिवादी घटना स्थलमा नभएको भनी मान्न सकिने अवस्था नहुँदा अन्त्रावस्थाको जिकिर खण्डित भएको स्थितीमा प्रतिवादी उपरको अभियोग थप खम्वीर भएको देखिने । (प्रकरण नं.३३) § अभियोग दावी पुष्टि हुने यथेष्ठ र आधारभूत प्रमाणको विद्यमानता रहँदा रहँदै घटनाका प्रत्यक्षदर्शी र पीडित समेत नरहेका जाहेरवालाको जाहेरी र वकपत्रमा पाईने सामान्य भिन्नता (Minor Inconsistency) लाई प्रधानता दिदै सवुद प्रमाणको गलत मूल्याङ्कन गरी प्रतिवादीलाई सफाई दिने ठहराएको शुरुको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला त्रुटीपूर्ण देखिएको हुँदा उल्टी हुने । (प्रकरण नं.३४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7772
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2063/10/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7772
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्