नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7788 · वि.सं. २०६३

नि.नं. 7788 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतले वादी र प्रतिवादी पक्षबाट प्रस्तुत तथ्यगत वस्तुनिष्ट आधारमा न्याय निरोपण गर्दछ । अदालत आफै अग्रसर भएर मुद्दाको तथ्य भन्दा बाहिर गएर न्याय निरोपण गर्न नसक्ने । (प्रकरण नं. ३१) § ज्यान जस्तो गम्भिर प्रकृतिको मुद्दामा अभियोजन पक्षले अनुसन्धान गर्दा मुद्दामा निक्र्यौल गर्नु पर्ने सम्मको सम्पुर्ण प्रकिया पुरा गरीमात्र अभियोग दायर गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा वादी नेपाल सरकारको फितलो अनुसन्धान भै त्यस्तो अनुसन्धानबाट वास्तविक अपराधी ठहर गर्न अदालतलाई निकै कठिनाई हुन जाने । (प्रकरण नं. ३३) § चाकु महर्जनको कुनै यकिनै नगरी हचुवाको भरमा चाकु महर्जन भनी अर्का व्यक्ति यि राजेन्द्र महर्जनलाई अभियोग लगाई कसुरदार वनाएको पाइन्छ । यस्तो प्रतिवादीको सम्वन्धमा यकिन नगर्दा अर्कोलाई मुद्दा चलाउने र सजाय हुन सक्ने अवस्था रहन्छ । त्यस्तो निश्चिन्तताको अभावमा मुद्दा चलाउन र कसुरदार वनाउन नमिल्ने हुदाँ प्रतिवादी राजेन्द्र महर्जनले प्रस्तुत मुद्दाबाट सफाइ पाउने । (प्रकरण नं. ३४) § भविष्यमा वादी नेपाल सरकारको तर्फबाट दायर हुने अभियोगपत्रमा पक्राउ परेका प्रतिवादीको परिचयात्मक लिखत प्रमाण जस्तोः– नागरिकता परिचय पत्र र शैक्षिक प्रमाणपत्रमा रहेका विवरण खुलाउने, निजको शारिरीक बनौट, अनुहारको आकृति, परिचयात्मक हुने हुलिया, निजको फोटो र ल्याप्चे हस्ताक्षर लगायत अन्य पहिचान हुन सक्ने आधारहरु खुलाउनु पर्ने । (प्रकरण नं. ३५) § फरार प्रतिवादीको हकमा निजको बाबु र बाजेको नाम थर र वतन तिन पुस्ते, स्थायी र अस्थायी वतन निजको नागरिकता नम्बर, मतदाता नामावलीको नम्वर र अन्य लिखत प्रमाण भए सो मा रहेको नाम उपनाम प्रष्टसँग उल्लेख हुनको लागि महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयमा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं. ३६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7788
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2063/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनुपराज शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7788
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्