नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7797 · वि.सं. २०६३

नि.नं. 7797 — कर्तव्यज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) नं. बमोजिम सजाय गर्दा चर्को हुन जाने देखिँदा अ.वं. १८८ नं. बमोजिम शुरुले ३ वर्ष कैदको सजायँ गर्ने व्यक्त राय मनासिव ठहर्याई पुनरावेदन अदालतबाट समेत सोही रायलाई समर्थन गरेको देखियो । यि प्रतिवादी कन्यामायाको उमेर ३० वर्ष रहेको, निजको ४ जना सन्तान समेत भएको र निजको पति रोजगारको सिलसिलामा २०५७ सालदेखि साउदी अरवमा गएको अवस्थामा निजको गोरेमान राईसँग शारीरिक सम्पर्क हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जन्मेको बच्चाको हत्या गरेको मिसिलबाट देखिँदा अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गर्दा प्रतिवादी कन्यामाया लिम्बुलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वस्व सहित जन्मकैद गर्दा चर्को पर्ने देखिएकोले शुरु र पुनरावेदन अदालतले ३ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी व्यक्त राय न्यायको दृष्टिले मनासिव हुँदा सदर हुने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7797
मुद्दाको विषयकर्तव्यज्यान
निर्णय वर्ष / मिति2063/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीन बहादुर रायमाझी | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7797
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्