नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7802 · वि.सं. २०६४

नि.नं. 7802 — उत्प्रेषण प्रतिषेध र परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सजाय नै किटान गरी लेखी पठाएको र अख्तियारवालाले समेत आयोगबाट लेखी आए बमोजिम नै कारवाही अघि बढेको स्पष्ट रुपमा देखिएको अवस्थामा अख्तियारवालाले विभागीय कारवाही गरी नसकेको भन्ने आधारमा प्रस्तुत रिट निवेदनलाई Premature भन्न नमिल्ने । § अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ को उपदफा (२) र (३) मा निश्चित अबधिभित्र कारवाही गरिसक्नुपर्ने गरी गरिएको किटानी व्यवस्था र आयोगबाट लेखी आएबमोजिम आयोगले किटानी गरेको सजायलाई नै आधार बनाई स्पष्टीकरण सोधिएको स्थितिमा यदि कारवाहीले पूर्णता पाउन बाँकी नै रहेको मानी रिट निवेदनलाई Prematureको संज्ञा दिई पञ्छाईदिने हो भने प्रस्तुत विषयले निकास नपाउने अवस्थाको सिर्जना हुन जाने । (प्रकरण नं.२०) § अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मिति २०६३।२।३० मा यी निवेदकको ३ तलव बृद्धि रोक्का गर्ने गरेको निर्णय, सो निर्णयका आधारमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखीएको मिति २०६३।३।४ को पत्र र उक्त निर्णय एवम् पत्र समेतलाई आधार बनाई विपक्षी भूमिसुधार तथा व्यवस्था मन्त्रालयका मन्त्रीद्धारा यी निवेदकलाई ३ (तीन) तलव बृद्धि किन रोक्का नगर्ने भनी सोधिएको स्पष्टीकरण उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7802
मुद्दाको विषयउत्प्रेषण प्रतिषेध र परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2064/01/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला | माननीय न्यायाधीश श्री पवन कुमार ओझाको रायस | माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय । | माननीय न्यायाधीश श्री अनुपराज शर्माको रिट खारेज गर्ने आदेश सँग  सहमत हुन नसकिएबाट सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री पवनकुमार ओझाको राय सहितको यस अदालत संयुक्त इजलासबाट मिति २०६३।७।२० मा भएको आदेश । | माननीय न्यायाधीश श्री अनुपराज शर्माको राय र सो को सैद्धान्तिक अवधारणा संविधानको धारा ८८(२) को प्रा | माननीय न्यायाधीश श्री पवनकुमार ओझाको राय सदर हुने ठहर्छ । विपक्षीहरूको जानकारीका लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार गरी बुझाईदिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7802
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्