नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7799 · वि.सं. २०६३

नि.नं. 7799 — नामसारी हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अपुतालीको क्षेत्रमा मर्ने स्वयंको गर्भबाट जन्मेको छोरा नभएमा छोरीले अपुताली पाउने गरी अपुतालीमा एकाउदरलाई प्राथमिकता दिई अपुतालीको १० र १२ नं.को व्याख्यामा छोरा भनेको ठाउँमा सौतेनी छोरा पनि हुने भनी व्याख्या गर्न नमिल्ने कुरालाई पुष्ट्याई दिइएको पाइन्छ । यसरी एकाउदरका छोरीले स्व.आमाको अपुताली आधासम्म मात्र पाउने भन्ने पुनरावेदन अदालतको निष्कर्ष कानून र न्याय सम्मत भएको नपाइने । (प्रकरण नं. १८) § पुनरावेदक प्रतिवादीहरु वादीहरुको आमाबाट भिन्न भएको भन्ने कुरा वण्डापत्रबाट देखिएको समेत हुँदा भिन्न भई सकेका प्रतिवादीहरुले सौतेनी आमाको स्याहार सुसार गरेको अनुमान गर्नु स्वाभाविक देखिन नआउँदा स्याहार गरेको भन्ने आधारमा पुनरावेदक प्रतिवादीहरुको अपुतालीमा हक पुग्न नसक्ने । (प्रकरण नं. २१) § रजिष्ट्रेशन महलको १ नं. अनुसार छुट्टि भिन्न भएकोमा संगोलमा बसेको भन्ने कुरा पारित लिखतबाट प्रमाणित नभएको अवस्थामा संगोलमा बसेको भन्न नमिल्ने । (प्रकरण नं. २२) § पालन पोषण समेत गरेको भनी पुरै अपुतालीमा दावी गरेकोमा शुरु जिल्ला अदालतले अपुतालीको ११ नं. र पुनरावेदन अदालतले एैजनको १० नं. को आधार लिएर आधा आधा गर्ने गरेको फैसला सो हदसम्म कानुन र न्यायसम्मत नदेखिने । (प्रकरण नं. २४) § पुनरावेदन अदालतले अपुतालीको १० नं. बमोजिम आधा ऐन बमोजिमका हकवाला वादीहरुको र बाँकी आधा अपुताली हक मृतकको स्याहार सम्भार गरी मृत्यु पश्चात काजक्रिया गर्ने हकवाला प्रतिवादीहरुको कायम हुने ठहर्‍याएको फैसला सो हदसम्म नमिलेकोले केही उल्टी भै अपुतालीको सम्पत्तिमा वादीहरुको मात्र हक कायम हुने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7799
मुद्दाको विषयनामसारी हक कायम ।
निर्णय वर्ष / मिति2063/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदा प्रसाद पण्डित | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7799
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्