सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४१४ / ४४०

नि.नं. 632वि.सं. २०२८पूर्ण इजलास

हक वेहक सुनाउनु नपर्ने सुनाए भन्ने

(१) जग्गाप्राप्ति ऐन, २०१८ को दफा १३ को उपदफा ७ र जग्गाप्राप्ति (अधिकार तोक्ने ) नियमहरू, २०१८ को नियम ३ को उपनियम २ : मैजिष्ट्रेट वा वडाहाकिमको अध्यक्षतामा गठित ३ जनाको समितिलाई प्राप्त अधिकार मैजिष्ट्रेट वा वडाहाकिमले मात्र प्रयोग गर्न नसक्ने । यससम्वन्धमा भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 631वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भू.स.ऐनको दफा ३१ (क) र अ.बं. ८२ नं. : भू.स.ऐनको दफा ३१ (क) अन्तर्गतको मुद्दा सरकार वादी मुद्दा भई भू.सु.अधिकारीले हेर्न नमिल्ने–अ.बं.८२ नं.बमोजिमको उजुर बिना निजले मुद्दा खडा गरी निर्णय दिन नहुने । यसमा कुनै पक्षको रीतपूर्वकको उजुरी भू.सु.अधिकारीको कार्याल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 630वि.सं. २०२८पूर्ण इजलास

लिखत पास

(१) राजिनामा गरी दिएको भन्ने कुनै जग्गा र तिरो प्रष्टरूपले दर्तामा मिल्न भिड्न नआएमा–उक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुन नसक्ने । उक्त राजिनामा लिखत रजिष्ट्रेशन पास हुनसक्ने नसक्ने के हो भन्नेतर्फ हेर्दा उक्त राजिनामा लिखतमा मेरो नाउँमा दर्ता भएको तिरो रु.।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 629वि.सं. २०२८संयुक्त इजलास

राजकाज

(१) राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ (१) : कसैको वचन वा कार्यले (जस्तो झगडा वा नाराबाट) श्री ५ प्रति घृणा द्वेष उत्पन्न गरे गराएको नदेखिएमा–उक्त बचन वा कार्यले मौसुफप्रति घृणा वा द्वेष फैलाएको भन्न नहुने । अञ्चलाधीशज्यूले गर्नुभएको फैसलामा चित्तबुझेन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 628वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भू.सं.ऐनको दफा ४४ को उपदफा ३ र मुलुकी ऐन, अ.बं.को १९७ नं. : उपरोक्त उपदफा र नम्बरले पुनरावेदनको व्यवस्था गरेकोले कृषि ऋणसम्बन्धी निर्णयमा पुनरावेदनको म्याद दिन नपर्ने । गैरकृषि ऋण ठहराएकोमा पुनरावेदनको म्याद दिनुपर्ने दिएन भन्ने निवेदकको निवेदन जिकिरतर्फ क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 627वि.सं. २०२८पूर्ण इजलास

उखडा जग्गा

(१) उखडासम्बन्धी ऐन, ०२७ को दफा ८ को उपदफा (१) : कबुलियत र रसिदको अभावमा मात्र उखडामा कमाएको होइन भन्न नमिल्ने–सर्जमिनहरूको भनाईको मूल्यांकन गरी उखडामा कमाएको हो होइन भन्ने न्यायिक निर्णय दिएमा–कानूनसङ्गत हुने । प्रतिवादीले उखडासम्बन्धी ऐन, २०२१ लागू भइसकेपछि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 626वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) कुनै कम्पनीले इजाजतपत्र पाएअनुसार काम गर्न कुनै कुराको लागि गरेको मागलाई बेवास्ता गर्नाको साथै गरे बिराएको भए सो कुराको सफाई पेश गर्ने मौका नदिई उक्त इजाजतपत्र बदर नहुने । निवेदक कम्पनीले गरे बिराएको कुरा भए सो बारे कुरा पेश गर्ने मौकासम्म पनि नदिई कम्पनीत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 625वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) अ.बं.५१ नं.तथा १७९ नं. : यी दफाहरूको विपरीत फैसला गरेमा–उक्त फैसला बदर हुने । त्यसतर्फ हेर्दा अ.बं.५१ मा वादी र प्रतिवादीलाई तारेख दिंदा एकै दिनको तारेख मिलाई तोक्नुपर्ने र अ.बं.१७९ नं.मा श्री ५ को सरकार वादी हुने मुद्दाबाहेक अन्य मुद्दामा दुवै थरी झगडीयाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 624वि.सं. २०२८पूर्ण इजलास

जग्गा खिचोला

(१) अरूको हकको जग्गालाई आफ्नो हकको भनी दावी गर्नेले अरुको जग्गामा खिचोला गरेन होला भन्न नमिल्ने । तसर्थ, उपरोक्त उल्लेख भएबमोजिम आफ्नो हक नपुग्ने जग्गा मेरो भनी दावी गर्ने वादी गोपालले जग्गामा खिचोला गरेन होला भन्न ठहराउन नमिल्नेसमेत हुँदा वादी दावी बमोजिम खिच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 623वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) एकपक्षले ऋण भने पनि अर्कोपक्षले राजिनामाको लिखत पेश गरेमा–भूमि प्रशासकलाई ऋण रकम निश्चित गर्ने अधिकार नहुने । उक्त भूमि प्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो, रजिष्ट्रेशन पास मैले गरी दिएको छैन, मसँग निस्सा प्रमाण केही छैन, निज साहुसँग उक्तबारेको काग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 622वि.सं. २०२८पूर्ण इजलास

निषेधाज्ञा जारी गरिपाउँ

(१) नागरिक अधिकार ऐन, २०१२ को दफा १७ : कसैको अधिकारमा आघात पुग्ने शंका लागेमा आफ्नो इलाका अदालतको पुनरावेदन सुन्ने अधिकार भएको अदालतमा नालेस उजुर गर्नसक्ने–उक्त अदालतले निषेधाज्ञा (इन्जक्सन) दिनसक्ने–निषेधाज्ञा जारी गरिपाउँ भन्ने उजुरी लिई आवश्यक परेमा उक्त आद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 621वि.सं. २०२८पूर्ण इजलास

रसिद दिलाइपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०१४ को दफा १८ को उप दफा (३): पोताएत शर्तमा खाएको जग्गाको पोत बुझ्न लगाई रसिद दिलाइपाउँ भन्ने मुद्दा माल र गोश्वाराको संयुक्त इजलासबाट हेर्न छिन्न नपाउने । यसमा तारेखमा रहेका वारेसहरू रोहवरमा रही ०२८।२।७।६ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 620वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) अस्पष्ट दफा, उपदफा, खण्ड वा वाक्यांशको बनौटको अध्ययन गरी ऐन बन्दा वा संशोधन हुँदा हटाउन खोजिएको खरावीलाई ध्यानमा राखी अर्थ निकाल्नुपर्ने । संशोधन ऐनमा थपिएको खण्ड (६) बारे विभागले भूमिसुधार अधिकारीलाई स्पष्टिकरण दिएको बुझिन्छ । विभागको दुष्टिकोण बुझ्नसम्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 619वि.सं. २०२८पूर्ण इजलास

जग्गा जालसाजी

(१) अदालती बन्दोवस्तको ८५ नं.:एक भन्दा बढी थरीको नाउँमा एकै पटक ऐनको म्यादभित्र नालेस गरेमा ठहरेबमोजिम हुने भएमा–ती मध्ये एक थरी उपर गरेको नालेस खारेज भए पनि ती एक भन्दा बढी थरी उपर अर्को नालेस लाग्न सक्ने । वादीहरूले पहिले एकपटक नालेस गरेको खारेज भएपछि अ.बं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 618वि.सं. २०२८पूर्ण इजलास

लेनदेन

(१) तत्काल प्रचलित अ.बं. ९९ नं.: पछि अर्को नालेस गर्न नपाउने किसिमले दावी खारेज भए गरेको नदेखिएमा–अन्याय भए जति कलममा पछि एकैपटक नालेस दिएमा–९९ नं.ले नालेस नलाग्ने भन्न नमिल्ने । पहिलो प्रश्नको हकमा तत्काल प्रचलित अ.बं.९९ नं.मा फिरादपत्र दिंदा उही मानिसका नाउँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 617वि.सं. २०२८पूर्ण इजलास

लेनदेन ठेक्का बाली

(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३५: अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनपर्ने कुरा डिभिजन बेञ्चमै पेश हुनुपर्ने । भा.रू २१०० को कलममा कोशी अञ्चल अदालतको इन्साफ जाँची कानूनबमोजिम निर्णय दिनु पर्ने हुन आएको र यस्तो अञ्चल अदालतको इन्साफ जाँ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 616वि.सं. २०२८संयुक्त इजलास

राजकाज

(१) निस्क्रिय फैसलाउपरको पुनरावेदनमा विचार गर्न नपर्ने । उपरोक्त अञ्चलाधीशको कार्यालयको ठहरको एकमात्र असर पुनरावेदकलाई सजाय तोकेको हो । संविधानअनुसार श्री ५ बाट माफी बक्सेको उक्त सजायको माफ पुनरावेदकले उपभोग गरी थुनाबाट निस्केकोमा अब त्यो सजाय लाग्ने भएन । त्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 615वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भोगबन्धकी (तमसुक) को ऋण निश्चित गर्न निवेदन गर्ने व्यक्तिको विपक्षीले राजिनामा लिखित प्रस्तुत गरेमा–भूमि प्रशासकलाई ऋण निश्चित गर्ने अधिकार नहुने । उक्त भूमिप्रशासकको निर्णयमा जग्गा भोगबन्धकी दिएको हो । रजिष्ट्रेशन पास मैले गरी दिएको छैन । मसँग निस्साप्रमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 614वि.सं. २०२८संयुक्त इजलास

डाँका

(१) पोल गर्नेले पोलाई बस्नेलाई झुठ्ठा दोष लगाई बयान गर्ने गरी आएको देखिएमा–अरू सर्जमिन प्रमाणबाट पनि पोलाई बस्नेले कसूर गरेको तथ्य प्रमाण नदेखिएमा–निज पोलाई बस्नेले कसूर अपराध गरेको नठहर्ने । पोल गर्ने खड्गबहादुरले वादी श्री ५ को सरकार प्रतिवादी निजै खड्गबहादु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 613वि.सं. २०२८पूर्ण इजलास

परमादेशको आदेश जारी गरीपाउँ

(१) कर्मचारी संचयकोष ऐन, २०१९ को दफा ३ (४) : संचयकोष (संगठित संस्था) को सम्पूर्ण काम कारवाई कानूनले निर्धारित र व्यवस्थित हुने–संचालकहरू (समिति) पनि कोषको अन्य कर्मचारी सरह कोषको प्रतिनिधि, अभिकर्ता वा सेवक–दफा ३० अन्तर्गत नियम नबनाई जनुसुकै कार्य (जस्तोः कर्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 612वि.सं. २०२८संयुक्त इजलास

डाँका

(१) कुनै अभियुक्तले अन्य व्यक्तिउपर समेत पोल गरी गरेको साविति बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएमा–निज पोलिएको व्यक्ति विरूद्ध प्रमाण लगाउन न्यायोचित नहुने । कुनै मुद्दामा कुनै अभियुक्तले अन्य व्यक्तिहरूका उपरसमेत पोल गरी गरेको साविती ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 611वि.सं. २०२८संयुक्त इजलास

काठमाडौं जिल्ला अदालतको अपहेलना गरे भन्ने

(१) लिखितजवाफमा अपहेलना भए गरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेख भएमा– अदालतको अपहेलनामा कारवाई चलाउन नपर्ने । तसर्थ उपरोक्त स्थितिमा विपक्षी न्यायाधीशको लिखितजवाफमा अपहेलना भए गरेको छैन, गर्ने उद्देश्य पनि छैन भन्ने उल्लेख भएकोसमेतबाट यसमा कारवाई गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 610वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भूमिसम्बन्धी ऐन,२०२१ को दफा २६ को उपदफा (१) र दफा २८को उपदफा (१) र (३): दफा २६ (१) अन्तर्गतको सूचनालाई दफा २८ (१) अन्तर्गतको आदेशसरह मानी दफा २८ (३) अन्तर्गतको पुनरावेदन सुन्ने अधिकारीको अधिकार भूमिसुधार अधिकारीले प्रयोग गर्न नहुने । यस स्थितिमा दफा २६ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 609वि.सं. २०२८पूर्ण इजलास

साझेदारी जग्गाबाली

(१) जग्गा ठेकामासम्म कवूल गरी पाउने ठेकेदारले आफू खुशी वीचमा अर्को मानिससँग साझेदारी खडा गरी हक छाडी दिन नहुने । प्रतिवादी डा.वसन्तबहादुरले कुन स्थितिमा सो जग्गा पाउनु भएको रहेछ भन्नेतर्फ हेर्दा मिसिल सामेल पेश भइराखेको निज डा.वसन्तबहादुरको ०१५।६।२९।४ को कवुलि…

नजिर सार पढ्नुहोस् →